• ९ मंसिर २०८१, आइतबार

तिज गीत ‘ए आमा गाउँदै नाच्ने हो’

blog

काठमाडौँ, भदौ ५ गते । गायिका पुजन काफ्लेको स्वरमा रहेको तिज गीत ‘ए आमा गाउँदै नाच्ने हो’ सार्वजनिक भएको छ । गीतमा गायिका काफ्लेकै शब्द र आरसी रिमालको सङ्गीत छ । गायिका काफ्लेले तिजमा हर्षोल्लासका साथ मनाउनु पर्छ भन्ने भाव व्यक्त गरिएको बताउनुभयो । 

गीतको भिडियोमा गायिका काफ्लेसँगै मैया काफ्ले, कल्पना पाण्डे, पुनम काफ्ले, स्मृति भुजेल, कृति भुजेल, एलिजा काफ्ले, सरस्वती तामाङ, एन्जल काफ्ले, तारा लामा, उषा काफ्लेलगायतका कलाकारले अभिनय गर्नुभएको छ ।

शेरबहादुर डिसीको निर्देशनमा तयार भएको भिडियोमा शिवन पोखरेलको नृत्य निर्देशन, सुशील डाँगीको छायाङ्कन, निराजन केसीको सम्पादन तथा कलर करेक्सन, सृष्टि थापा मगरको मेकअप एन्ड हेयर रहेको छ । गीतको भिडियो गायिका काफ्लेकै युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।