• ११ पुस २०८२, शुक्रबार

राष्ट्रिय बाल नाटक महोत्सवका लागि स्क्रिप्ट आह्वान

blog

फाइल तस्बिर ।

काठमाडौँ, पुस ११ गते। शैली थिएटरको आयोजना र ओजस थियटरको सहकार्यमा १७औँ राष्ट्रिय बालनाटक महोत्सव हुने भएको छ ।

महोत्सवमा सहभागिताका लागि इच्छुक व्यक्ति, सङ्घ, संस्था, नाट्य समूह, विद्यालयलगायतलाई नाटकको स्क्रिप्ट दर्ताका लागि आह्वान गरिएको छ ।

महोत्सवका निर्देशक नवराज बुढाथोकीले नाटकको स्क्रिप्ट रूसी सदन कमलपोखरी र रातोपुलस्थित शैली थिएटर तथा ओजस थिएटरमा वा इमेलमार्फत यही पुस २० गतेसम्म बुझाइसक्नु पर्नेछ । 

शैली थिएटरका अनुसार महोत्सवका लागि छनोट भएका स्क्रिप्ट यही पुस २५ गते सार्वजनिक गरिनेछ । महोत्सव कमलपोखरीस्थित रुसी सदनमा सञ्चालन हुनेछ ।

नाटक ३० मिनेटदेखि बढीमा ७० मिनेटसम्मको हुनुपर्ने र मञ्चनमा पर्दा अगाडि र पर्दा पछाडि गरी बढीमा १५ जनासम्मको समूह सहभागी हुन पाइने जनाइएको छ ।

महोत्सवमा उत्कृष्ट नाटकलाई अवार्ड, प्रमाणपत्रसहित नगद पुरस्कारको समेत व्यवस्था गरिएको आयोजकको भनाइ छ ।रासस