जिल्लाको माथागढी–२, सपाङ्दीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परी पाँच जना घाइते भएका छन् ।
अभिनेतृ मिरुना मगर र द भ्वाइस अफ नेपाल सिजन–४ विजेता गायक करण राई फिचर्ड ‘पिरतीको मुस्कान’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।
भारत सरकारले नेपाली टमाटरको आयातमा अनुमति दिएसँगै भैरहवा भन्सार हुँदै नेपालको गोलभेँडा भारतीय बजारमा पुग्न थालेको छ । भैरहवा नाकाबाट नेपाली गोलभेँडा आधिकारिक रूपमा भारत निकासी भएको यो नै पहिलो पटक हो । डायमन्ड इन्टरनेसनल सिद्धार्थनगरले नेपाली गोलभेँडा भारत उत्तर प्रदेशको त्रिसागर फर्मर प्रोड्युसर कम्पनी लिमिटेडलाई उपलब्ध गराई निर्यातको सुरुवात गरेको हो । नेपाली टमाटर भारत निकासी हुँदा सीमावर्ती भारतको भन्सारमा बिनामहसुल निकासी हुने गरेको छ । नेपाली भन्सारमा पनि यसको निकासीमा कुनै शुल्क लाग्दैन ।
एक महिनाको अवधिमा बजारमा सुनको मूल्य प्रतितोलामा तीन हजार रुपियाँले घटेको छ । गत साउनको पहिलो साता प्रतितोला एक लाख १३ हजार एक सय रुपियाँ पुगेको सुनको मूल्य अहिले तोलामा तीन हजार घटेर एक लाख १० हजार तीन सय रुपियाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । साउनको पहिलो साता प्रतितोला साता एक लाख १३ हजार रुपियाँ पुगेको सुनको मूल्य त्यसपछि क्रमिक रूपमा घट्दै गएको महासङ्घले जनाएको छ ।
समावेशीकरणको दिशामा एउटा फड्को : गोरखापत्रद्वारा प्रकाशित अछामि भाषा
चाडपर्व नजिकिएसँगै उपत्यकाका बजारमा दैनिक उपभोग्य तरकारीको भाउ महँगिएको छ । पछिल्लो २०/२२ दिनको बिचमा हरियो तरकारीको भाउ ७४ प्रतिशतसम्म महँगिएको हो । पछिल्ला दिनमा अधिकांश तरकारीको भाउ थोकमै महँगिएको छ । खुद्रा बजारमा त झन् मूल्य छोइसक्नु नै छैन । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार गएको साउन १६ गते प्रतिकेजी २८ रुपियाँमा थोकमा कारोबार भएको घिउसिमी भदौ ४ गते आइपुग्दा बढेर ११० रुपियाँ वा ७४ प्रतिशत बढेको छ । खुद्रामा घिउसिमीको मूल्य अहिले बढेर २२० रुपियाँमा किनबेच भइरहेको छ ।
चितवनको मुग्लिङ नारायणगढको तोपेखोलामा पहिरो खसेपछि सोमबार साँझदेखी बाटो अवरुद्ध भएको छ ।
रुसले नेपालसँग काठमाडौँ मेट्रो परियोजनालगायत मुलुकको रेलवे आयोजनासम्बन्धी प्रस्ताव माग गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालासँग सोमबार भएको भेटमा नेपालका लागि रुसका राजदूत अलेक्सी नोमिकोसहितको टोलीले सो प्रस्ताव माग गरेको मन्त्रालयका सचिव केशवकुमार शर्माले जानकारी दिनुभयो।
राष्ट्रपति रामचन्द्र पौडेलले संसद्को गतिरोध अन्त्य गर्ने विषयमा सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने दलहरूसँग मङ्गलबार छलफल गर्दै हुनुहुन्छ । राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार राष्ट्रपति पौडेलले संसद् सुचारु गर्नेसहित समसामयिक राजनीतिक सन्दर्भमा छलफल गर्न सर्वदलीय बैठक आह्वान गर्नुभएको हो ।
राष्ट्रपति रामचन्द्र पौडेलले कामु प्रधान न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठलाई प्रधान न्यायाधीश पदमा नियुक्त गर्नुभएको छ । राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईका अनुसार नेपालको संविधानको धारा १२९ को उपधारा (२) बमोजिम श्रेष्ठलाई सोमबार राष्ट्रपतिले प्रधान न्यायाधीश नियुक्त गर्नुभएको हो । यसअघि सोमबार नै संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधान न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको नाम सर्वसम्मत अनुमोदन गरेको थियो ।
डिल्लीबजारस्थित विजय स्मारक माध्यमिक विद्यालयले गरेको खर्चमा विद्यालय प्रशासन र व्यवस्थापन समिति (विव्यस) बिच विवाद देखिएको छ। दुवै पक्ष एकअर्काको आरोप प्रत्यारोपमा उत्रेका छन्। विद्यालयको सामाजिक परीक्षण समितिको आर्थिक वर्ष २०७९।८० को प्रतिवेदन देखाउँदै विव्यसले विद्यालयका प्रधानाध्यापककै संलग्नतामा अनियमितता भएको आरोप लगाएको छ। सामाजिक परीक्षण समितिका संयोजक ईश्वर ज्ञवालीले काम नै नभएको शीर्षकमा पनि नक्कली बिल पेस गरेर विद्यालयले रकम खर्च गरेको दाबी गर्नुभयो।
नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल र नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) लाई बयान दिनुभएको छ । पूर्वप्रधानमन्त्रीद्वय नेपाल र भट्टराईले ललिता निवास प्रकरणमा आफ्नातर्फबाट सोमबार बयान दिनुभएको हो ।
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले विमानस्थलबाट छिरेको सुन प्रकरण रहस्यपूर्ण रहेको बताउनुभएको छ ।
प्रत्येक वर्ष मनाइने नाग पञ्चमी पर्व परम्परा अनुसार कपिलवस्तुमा पनि नागको पूजा गरी मनाइएको छ ।
विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ) को दक्षिण पूर्वी एसिया क्षेत्रका लागि क्षेत्रीय निर्देशकको उम्मेदवार बन्नुभएका डा. शम्भु आचार्यका पक्षमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले भारत भ्रमणका बेला माल्दिभ्स, भारत, म्यान्मार, भुटान, श्रीलङ्का, थाइल्याण्ड, कोरिया लगायतका देशका स्वास्थ्य मन्त्रीहरूसँग ‘लबिङ’गर्नुभएको छ ।