नागपञ्चमी पर्व आज परम्पराअनुसार नागको पूजा अर्चना गरी घरका मूलढोकामा टाँसेर मनाइँँदै छ ।
जीवन दुई तरिकाले बाँच्न सकिँदो रहेछ । एक, केवल बाँच्नु । सास फेरेर मात्रै बाँच्नु । दोस्रो, केवल सास मात्रै नफेरेर सार्थक जीवन बाँच्नु । आजको दुनियाँमा प्रायःजसो मान्छे केवल सास फेरेर बाँच्नेहरू मात्रै देखिन्छन्, जो आफ्नो जीवन समाप्त भएसँगै सम्झन लायक पनि रहँदैनन् तर यही दुनियाँमा यदाकदा त्यस्तो मान्छे पनि जन्मन्छन् जो बाँचुञ्जेल सार्थक जीवन बाँच्छन् र मृत्युपश्चात् पनि आफ्नो नाम अमर पारेर जान्छन् ।
महालेखा परीक्षकको कार्यालयले ६० वर्षअघि देखिको बजेटको बेरुजु फर्स्यौट हुन बाँकी रहेको जनाएको छ । कार्यालयका महालेखा परीक्षक महेश्वर काफ्लेले २०२० सालबाट नेपालमा लेखा परीक्षण प्रतिवेदन तयार पार्ने काम सुरु गरेको उल्लेख गर्दै सोही बेलादेखिको बेरुजु फर्स्यौट बाँकी रहेको बताउनुभएको हो ।
समावेशीकरणको दिशामा एउटा फड्को : गोरखापत्रद्वारा प्रकाशित डोट्याली भाषा
समावेशीकरणको दिशामा एउटा फड्को : गोरखापत्रद्वारा प्रकाशित चाम्लिङ राई भाषा
केही वर्षयता नेपालको वैदेशिक व्यापार असन्तुलित रहेको पाइन्छ । आयात ह्वात्तै बढेको छ भने निर्यात घटेको छ । यसको अर्थ मुलुकको परनिर्भरता बढ्नु हो । धेरै वस्तुमा हाम्रो परनिर्भरता छ । यस अवस्थामा नेपालको आर्थिक भविष्य राम्रो छ भन्न सकिँदैन । हिजो राजनीतिक अस्थिरता र बेलाबखतको बन्द हड्तालको अलावा चन्दा आतङ्कले पनि व्यापारी त्रसित थिए तर अहिले त्यो समस्या छैन । सरकारले दिगो विकास लागि लगानी बढाएको छ । यसमा जनतादेखि उद्योगी व्यापारीको सहयोगको पनि आवश्यकता अनिवार्य छ । यसर्थ सबैको सहयोगबिना मुलुकको विकास र समाज रूपान्तरण असम्भव भएकाले सबैपक्ष एकजुट भए मात्र त्यो सम्भव छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले पर्यटन क्षेत्रको विकासका लागि पर्यटन ऐन संशोधन आवश्यक रहेको बताउनुभएको छ । आइतबार राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगन्जमा पर्यटक प्रहरीका जवान तथा जुनियर प्रहरी अधिकृतको प्रथम समूहको तालिम समापनमा बोल्दै उहाँले वर्तमान पर्यटन क्षेत्रको समस्या समाधानका लागि पर्यटन ऐन संशोधन गर्न मन्त्रालय लागेको बताउनुभएको हो ।
कर्णाली प्रदेश सरकारले आज प्रदेश स्थापना तथा सहिद दिवसका अवसरमा सार्वजनिक बिदा दिएको छ ।
पन्त स्मृति प्रतिष्ठानको आयोजना तथा नेपाल संस्कृत विश्वविद्यालयका पूर्वउपकुलपति आचार्य पूर्णचन्द्र ढुङ्गेलको प्रमुख आतिथ्यमा विभिन्न विधामा विशिष्ट योगदान गर्ने प्रतिष्ठित व्यक्तित्वलाई सम्मान तथा पुरस्कार अर्पण गरिएको छ । प्रतिष्ठानको वार्षिक मुखपत्र ‘नवज्योति’ को पनि लोकार्पण गरिएको छ ।
पन्त स्मृति प्रतिष्ठानको आयोजना तथा नेपाल संस्कृत विश्वविद्यालयका पूर्वउपकुलपति आचार्य पूर्णचन्द्र ढुङ्गेलको प्रमुख आतिथ्यमा विभिन्न विधामा विशिष्ट योगदान गर्ने प्रतिष्ठित व्यक्तित्वलाई सम्मान तथा पुरस्कार अर्पण गरिएको छ । प्रतिष्ठानको वार्षिक मुखपत्र ‘नवज्योति’ को पनि लोकार्पण गरिएको छ ।
विगत १३ वर्षदेखि सीताराम बडालले नेपाली गीत, सङ्गीत, कला, साहित्य, संस्कृति, चलचित्र, जीवनशैली, इतिहासलगायतका विविध विधा अन्तर्गत रहेर समाचार, लेख, पत्रपत्रिका, म्यागेजिन, अडियो, भिडियो, पुस्तक आदिलाई अभिलेखीकरण गरिरहनुभएको छ । हालसम्म सबै विधाका आठ हजार जिबीभन्दा बढी सामग्री सङ्कलन गरिसक्नुभएका उहाँलाई फेरि ती सामग्री हेर्दा देशकै महत्वपूर्ण सम्पत्तिका रूपमा जम्मा भएका जस्तो लाग्छ । आफ्नो महत्वपूर्ण अभिलेखमा बडालले राष्ट्रकवि स्व. माधवप्रसाद घिमिरे, वाङ्मय शताब्दीपुरुष स्व. सत्यमोहन जोशीदेखि नेपालका २५० भन्दा बढी सङ्गीतकर्मी, चलचित्रकर्मी, रङ्गकर्मी, कवि, कलाकार, विशेषज्ञ, इतिहासविद्, शिक्षाविद्, भाषाविद्, बुद्धिजीवि, खोज अनुसन्धानकर्मी, साहित्यकारलगायतको भिडियो अन्तर्वार्तालाई समेत समेट्नुभएको छ ।
भारतीय सीमाबाट कुखुरा तथा कुखुराजन्य पदार्थको गैरकानुनी ओसारपसारले आफूहरू मारमा परेको परेको कुखुरा उद्योगी व्यवसायीले बताएका छन् । आर्थिक मन्दी, कर्जा प्रवाहको कमी, कमजोर क्वारेन्टाइन, सङ्क्रामक रोग उपचारको अभाव जस्ता समस्यासँगै अवैध ओसारपसारले कुखुरापालक पलायनको अवस्थामा पुगेको र उपभोक्ताको स्वास्थ्यमाथि प्रतिकूल असर परेको भन्दै अवैध आयात नियन्त्रण गर्न उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग आग्रह गरेका छन् ।
नेपाल आयल निगमको देशभरका डिपोबाट गन्तव्य स्थानसम्म पेट्रोलियम पदार्थ ढुवानी गर्दा हुन सक्ने सम्भावित क्षतिको बिमा सुरु भएको छ । पेट्रोलियम व्यवसायी सङ्घ नेपालले आफ्ना सदस्यहरूका लागि नेको इन्स्योरेन्ससँगको सहकार्यमा यस्तो बिमा सुरु गरेको हो । यस्तो सहकार्यसँगै यसअघि निगमको डिपोबाट ढुवानीमा हुने गरेको बिमाको चिर्कटो प्रथा पनि अन्त्य भएको सङ्घले जनाएको छ । नयाँ सहकार्यसँगै नेको इन्स्योरेन्सबाट भ्याट बिलसहितको बिमा पोलिसी जारी हुने सङ्घले जानकारी दिएको छ । चिर्कटो जारी गर्दा त्यसले बिमाको विश्वसनीयतामै प्रश्न उठेको भन्दै नवगठित सङ्घले आफ्नै पहलमा व्यवस्थित बिमा व्यवस्था गरेको हो ।
अर्थमन्त्री डा. प्रकाशशरण महत नेपालको ५ सदस्यीय टोलीसहित क्यानडा प्रस्थान गर्नुभएको छ । क्यानडामा आयोजना हुने ग्लोबल इनभ्यारोमेन्ट फ्यासिलिटी (जीईएफ)को ७औँ सभामा भाग अर्थमन्त्री महत आइबार साँझ ९:३० मा क्यानडा प्रस्थान गर्नुभएको हो । अर्थमन्त्रीसँगै अर्थमन्त्रालयको बजेट तथा कार्यक्रम महाशाखा प्रमुख उत्तरकुमार खत्री र अन्तर्राष्ट्रिय आर्थिक समन्वय महाशाखा प्रमुख श्रीकृष्ण नेपाल पनि क्यानडा जानुभएको छ । यस्तै वन तथा वातावरण मन्त्रालयका उपसचिव ज्ञानेन्द्रकुमार मिश्र र अर्थमन्त्रालयकै उपसचिव तथा अर्थमन्त्रीका निजी सचिव युगराज पाण्डे पनि क्यानडा प्रस्थान गर्नुभएको छ ।
भारतले सरकारले प्याज निर्यातमा ४० प्रतिशत महसुल लगाउने भएको छ । भारतमा प्याजको खपत उच्च हुने सन्दर्भमा आन्तरिक मागलाई असर नपरोस् भन्ने हेतुले शनिबार भारतको अर्थ मन्त्रालयले निर्यातलाई नियन्त्रण गर्दै मूल्य घटाउन प्याजको निर्यातमा ४० प्रतिशत कर लगाइएको जनाएको छ ।