• ९ मंसिर २०८१, आइतबार

पेट्रोलियम ढुवानीमा भ्याट बिलसहितको बिमा

blog

काठमाडौँ, भदौ ४ गते । नेपाल आयल निगमको देशभरका डिपोबाट गन्तव्य स्थानसम्म पेट्रोलियम पदार्थ ढुवानी गर्दा हुन सक्ने सम्भावित क्षतिको बिमा सुरु भएको छ । पेट्रोलियम व्यवसायी सङ्घ नेपालले आफ्ना सदस्यहरूका लागि नेको इन्स्योरेन्ससँगको सहकार्यमा यस्तो बिमा सुरु गरेको हो । 

यस्तो सहकार्यसँगै यसअघि निगमको डिपोबाट ढुवानीमा हुने गरेको बिमाको चिर्कटो प्रथा पनि अन्त्य भएको सङ्घले जनाएको छ । नयाँ सहकार्यसँगै नेको इन्स्योरेन्सबाट भ्याट बिलसहितको बिमा पोलिसी जारी हुने सङ्घले जानकारी दिएको छ । चिर्कटो जारी गर्दा त्यसले बिमाको विश्वसनीयतामै प्रश्न उठेको भन्दै नवगठित सङ्घले आफ्नै पहलमा व्यवस्थित बिमा व्यवस्था गरेको हो ।   

यसरी जारी हुने बिमामार्फत निगमका देशभरका डिपोबाट पेट्रोलियम पदार्थ ढुवानी गरी गन्तव्यसम्म पु-याउँदा बाटोमा हुने सम्भावित क्षतिका लागि बिमा सुविधा उपलब्ध हुने छ । 

सम्झौता अनुसार डिपोबाट पेट्रोलियम पदार्थ ढुवानी गर्दा प्रत्येक व्यवसायीको नाममा प्रत्येक चलान अनुसार मूल्य अभिवृद्धि कर बीजकसहिको बिमालेख कम्पनीले प्रत्यक्ष जारी गर्ने छ ।