सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् नेपाल सरकारका प्रवक्ता रेखा शर्माले सुशासनको अभियान सबै स्थानीय तहका सञ्चालन गर्नुपर्ने बताउनुभएको छ ।
सरकारले किसानलाई अनुदानमा दिएको रासायनिक मल विनाअनुमति बिक्री गरेको पाइएपछि जिल्ला प्रशासन कार्यालय इलामले सदरमुकाममा रहेको एक पसललाई दुई लाख रुपियाँ जरिवाना गरेको छ ।
सदनको अवरोध खुलाउनेलगायतका विषयमा छलफल गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आह्वान गर्नुभएको सर्वदलीय बैठकमा विभिन्न विकल्पका बारेमा छलफल भएपनि सहमति हुन नसकेपछि पुनः सोमबार बस्नेगरी स्थगित भएको छ ।
नेपालगन्ज उद्योग वाणिज्य सङ्घको निर्वाचनको मतगणना सुरु भएको छ । केही बेरअघि सुरु भएको मतगणनामा सदस्यतर्फका उम्मेदवारको मतगणनाबाट गणना सुरु गरिएको निर्वाचन समितिले जनाएको छ ।
ब्याडमिन्टन एसिया (दक्षिण एसिया) क्षेत्रीय जुनियर च्याम्पियनसिप–२०२३ अन्तरगतको यू–१५ र यू–१७ दुवैतर्फ मिक्स टिम इभेन्ट्सको उपाधि श्रीलंकाले जितेको छ ।
कपिलवस्तुको महाराजगन्ज नगरपालिकाबाट अवैध रुपमा भित्रिएको अन्दाजी ३ लाख ६० हजार मूल्यको अण्डरवेयर बरामद भएको छ ।
आइतबार १ बजेका लागि बोलाइएको प्रतिनिधि सभाको बैठक भदौ ५ गतेसम्मका लागि स्थगित गरिएको छ । सङ्घीय संसद् सचिवालयले अपह्रान्न ३ बजे बैठक स्थगित गरेको सूचना टाँसेको थियो । बैठक भदौ ५ गते दिउँसो ३ बजे बस्ने सूचनामा उल्लेख छ ।
प्रधानमन्त्री र शीर्ष नेताबीच सदन सुचारु गर्नेबारे सकारात्मक छलफल भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने भोलि बस्ने बैठकले टुङ्गो लाउने गरी संसद् खुलाउने बटम लाइनका साथ छलफल भएको जानकारी दिनुभयो ।
नेपालमै पहिलो पटक नवलपुर सदरमुकाम कावासोतीमा ‘नेपाल सर्प महोत्सव’ सुरुभएको छ । नागपञ्चमी पर्वको अवसर पारेर सर्प महोत्सव आयोजना गरिएको हो ।
सभामुख देवराज घिमिरेले संसद्को अवरोध खुलाउन राजनीतिक दलबीच सहमति गर्नु बाहेकको विकल्प नरहेको बताउनुभएको छ।
प्रदेश खेलकुद विकास परिषद्, बागमती प्रदेशले अन्तर प्रदेश राष्ट्रिय खेलकुद फागुनमा आयोजना गर्ने भएको छ ।
हिमाली जिल्ला मुगु भएर सवार गर्ने निजी सवारी साधनमा कालो स्टिकर टास्ने गरेको पाइएको छ । सिसामा कालो स्टिकर टाँसेर सर्वसाधारणले समेत प्रयोग गरी दुरुपयोग भइरहेको सरोकारवाला पक्षको भनाइ छ ।
साबिक विजेता म्यानचेस्टर सिटीले इङ्लिस प्रिमियर लिग फुटबलमा लगातार दोस्रो जित निकालेको छ । घरेलु मैदान इत्तिहादमा शनिबार राति भएको खेलमा सिटीले न्युक्यासल युनाइटेडलाई १–० गोलले स्तब्ध बनायो ।
थारु समुदायले मनाउने गुरही पर्वको अवसरमा स्थानीय बिदा माग गर्दै सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलाई ज्ञापनपत्र बुझाएको छ ।
गर्छु नसकिने कार्य म नभएको कोखमा जन्मिन्छु म । अर्पण प्रणय म कामिनी अज्ञानकन