उपप्रधान एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले सङ्घीय निजामती सेवा ऐन ठूलो आर्थिक दायित्व पर्ने गरिका सहुलियत र सुविधाहरुलाई समावेश गरेर नआउने बताउनुभएको छ ।
क्रकुछन्द बुद्धको जन्मस्थल गोटिहवास्थित अशोक स्तम्भ डुबानमा परेको छ । स्तम्भ भएको ठाउँमा पानी निकास नभएपछि हरेक वर्ष वर्षातको सयमा यस्तो अवस्था देखापर्ने गरेको हो ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले काठमाडौंबाट रसुवाको केरुङ नाका हुँदै हुम्लामा खाद्यान्न पठाउने भएको छ ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले विभिन्न व्यक्तिको ३० वटा फेसबुक आइडी ह्याक गरेर उनीहरुका नजिकका व्यक्तिसँग पैसा उठाएर ठगी गर्ने कार्यमा संलग्न पाँच जनालाई पक्राउ गरेको छ ।
बैंक अफ इटलीले इटालीको सार्वजनिक ऋण बढेर नयाँ रेकर्ड कायम गरेको बताएको छ ।
बागलुङ बजारसँगै जोडिएको गाउँ भए पनि खानेपानीको चरम सङ्कट भएको रातमाटा गाउँमा अहिले खुसियाली छाएको छ । बागलुङ नगरपालिका–३ रातमाटा गाउँमा खानेपानीको समस्या आजको नभएर सय वर्ष पहिलादेखिको भएको स्थानीयको भनाइ छ ।
स्पेनमा खडेरीका कारण खाद्यान्न उत्पादनमा सङ्कट आउने भन्दै आवश्यक प्रबन्ध मिलाउन विशेषज्ञहरुले चेतावनी दिएका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमानको पुस्ताले गुणस्तरीय सेवा प्राप्त गर्न र आउने पिंढीलाई उज्यालो भविष्य दिन विकासका कार्यमा राजनीति नगर्न सबैमा आग्रह गर्नुभएको छ ।
पृथ्वी राजमार्गसँगै जोडिएको चितवनको इच्छाकामना गाउँपालिका–३ को फिस्लिङ बजार जलयात्रामा जाने पर्यटकको अलि भिडभाड हुने ठाउँ मानिन्छ । विस्तारै यो ठाउँमा अहिले पर्यटकलेभन्दा तरकारी उत्पादक किसानको भिडभाड हुने गरेको छ ।
केरलाको त्रिशुर जिल्लाको कनिमंगलम नजिक शुक्रबार एउटा निजी बस पल्टिँदा ३० जनाभन्दा बढी घाइते भएका छन्।
सौरमासअनुसार साउन महिनामा अधिकमास परेको र चान्द्रमासअनुसारको श्रावण शुक्ल पक्षभर विगत वर्षमा पनि भारतीय धार्मिक पर्यटकको भीड लाग्ने गरेकाले साविककै जस्तो व्यवस्था गरिएको पशुपति क्षेत्र विकास कोष, संस्कृति संरक्षण महाशाखा प्रमुख गौरीशङ्कर पराजुलीले राससलाई जानकारी दिनुभयो ।
स्याङ्जाको कालीगण्डकी गाउँपालिका–५ बेल्टारीका त्रिभुवन न्यौपानेले उन्नत जातका बाख्रापालन गरेर मनग्य आम्दानी गर्नुभएको छ । भारतको पन्जाब टेक्निकल युनिभर्सिटीबाट ब्याचलर अफ कम्प्युटर एप्लिकेसनको अध्ययन पूरा गर्नुभएका ३५ वर्षीय न्यौपानेले भूमिका कृषि तथा पशुपालन फार्ममार्फत व्यावसायिक बाख्रापालन सुरु गर्नुभएको हो ।
वराहक्षेत्र नगरपालिकामा कार्यरत कर्मचारीहरुले बिहान कार्यकक्ष प्रवेश गर्नुभन्दा अगाडि लाइनमा बसेर राष्ट्रिय गान गाउने गरेका छन् । सामुहिक सहभागितामा राष्ट्रिय गान गाउँनु यहाँ अनिवार्य गरिएको छ ।
उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकारको सुशासन अभियानविरुद्ध भ्रष्टाचार र तस्करका संरक्षकहरूले घेराबन्दी गर्न र धम्की दिन खोजेको बताउनुभएको छ। अजिरकोट गाउँपालिका २ स्थित भच्चेकमा भच्चेक आधारभूत अस्पतालको आज उद्घाटन गर्दै उहाँले ठग, तस्कर र भ्रष्टाचारीका संरक्षकहरूको धम्कीबाट आफू नडराउने, अप्ठेरोमा पार्न खोजे बरु सरकार छाड्ने, सुशासनको अभियान कुनै हालतमा नरोक्ने बताउनुभयो।
काठमाडौँबाट हेटौँडा जोड्ने कान्ति लोकपथअन्तर्गत पर्ने ललितपुर जिल्लाको भट्टेडाँडामा गए राति गएको पहिरो पन्छाइएको छ । पहिरो पन्छाएर आज बिहानदेखि काठमाडौँ–हेटौंडातर्फको यातायात पुनः सञ्चालनमा ल्याइएको छ ।