सरकारले सङ्घीय निजामती सेवा विधेयक सङ्घीय संसद्को चालु अधिवेशनबाट नै पारित गर्ने गरी तयारी तीव्र पारेको छ। मङ्गलबार बसेको मन्त्रीपरिषद्को बैठकले ऐनको मस्यौदा रायका लागि लोक सेवा आयोगमा पठाउने निर्णय गरिसकेको छ। उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले एक साताभित्रै विधेयक संसद्मा प्रस्तुत हुने बताउनुभएको छ। नेपाल निजामती कर्मचारी युनियन केन्द्रीय कार्यसमितिद्वारा बुधबार आयोजित प्रशिक्षण कार्यक्रममा उहाँले ऐनको मस्यौदा चालु अधिवेशनमै संसद्मा दर्ता हुने स्पष्ट पार्नुभयो।
नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले देशको अर्थतन्त्रको सवालमा कुनै वैचारिक तथा सैद्धान्तिक पक्षधरता नराखी छलफल गर्नुपर्ने बताउनुभएको छ ।
नेपालीको चाडवाडहरु आउन लाग्दा सदरमुकाम बेनीबजार क्षेत्रमा बजार अनुगमन गरिएको छ । पर्यटन तथा घरेलु कार्यालयको अगुवाईमा भएको बजार अनुगमनमा सहायक प्रमुख जिल्ला अधिकारी, कृषि तथा अन्य कार्यालयका प्रतिनिधिको पनि सहभागिता थियो ।
नेपाल क्रिकेट संघ (क्यान) ले आइसिसी टी–२० महिला विश्वकपको एशिया क्वालिफायरको तयारीका लागि मलेसियामा जाने नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीको बिदाइ गरेको छ ।
कपिलवस्तुको शिवराज नगरपालिकामा निःशुल्क आँखा जाँच शिविर सम्पन्न भएको छ । पालिकाको वडा ३ मदवामा भएको शिविरमा ३९० जनाले आखाँ परीक्षण गराएका छन् ।छन्दे कालेबाबु नारायणी आँखा अस्पताल बहादुरगञ्जका स्वास्थ्यकर्मीले चेकजाँच गरेका थिए ।
एक अटो दुर्घटना हुँदा एक जना महिलाको मृत्यु भएको छ । त्रिवेणी गाउँपालिका–५ लामिखोलास्थित भित्री कच्ची सडक खण्डमा रा १ ह ३९३० नम्बरको अटो आज साढे ४ बजेतिर दुर्घटना हुँदा छत्रेस्वरी गाउँपालिका–४ आकाशे बस्ने वर्ष ५१ की ठगी कामीको मृत्यु भएको हो ।
कीर्तिपुर अस्पतालका निर्देशक डा. पेरु प्रधान र मेडिकल डाइरेक्टर निजिना ताम्राकारले विज्ञप्ति सार्वजनिक गर्दै भण्डारीको बुधबार हातको शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको जानकारी दिनुभएको हो।
उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले खेलाडीहरू राष्ट्रको गौरव भएको र खेलकुद क्षेत्रले राष्ट्रिय एकताको सन्देश दिने बताउनुभएको छ ।
दाङमा जङ्गली च्याउ खाँदा एक जनाको मृत्यु भएको छ । बंगलाचुली गाउँपालिकामा जङ्गली च्याउ खाएर बिरामी परेकामध्ये एक जनाको मृत्यु भएको छ ।
महोत्तरीको पिपरा गाउँपालिकामा बुधवार टयाक्टरले किचिएर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका –४ बस्ने ३५ वर्षका कृष्णकुमार मिश्र रहेका छन् ।
आयोजक अष्ट्रेलियालाई हराउँदै इङ्ल्यान्ड फिफा महिला विश्वकप फुटबलको फाइनलमा प्रवेश गरेको छ । सिड्नीस्थित अस्ट्रेलिया रंगशालामा बुधबार भएको खेलमा इङ्ल्यान्डले अष्ट्रेलियालाई ३–१ गोलले हरायो ।
सरकारले स्वास्थ्यकर्मीको निगरानीमा मात्र एन्टीमाइक्रोबियल औषधिको सेवन गर्न आग्रह गरेको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा. समीर कुमार अधिकारीले यस्तो आग्रह गर्नुभएको हो।
नेपाल संस्कृत विश्वविद्यालयमा विभिन्न विद्यार्थी सङ्घ सङ्गठनले लगाएका ताला खुलेको छ । स्वतन्त्र विद्यार्थी युनियन, अनेरास्ववियु, नेपाल विद्यार्थी सङ्घले विभिन्न मागहरू राख्दै तालाबन्दी गरेका थिए ।
प्रहरी महानिरीक्षक वसन्त बहादुर कुँवरले आफ्नो जिम्मेवारीमा खरो रूपमा प्रस्तुत भई उत्कृष्ट कार्यसम्पादन गर्न प्रहरी अधिकृतहरू थप सक्रिय हुनुपर्ने बताउनुभएको छ ।
कैलालीमा खान योग्य जङ्गली च्याउ (बेम्टी) मासुभन्दा महँगोमा बिक्री भइरहेको छ । स्थानीयले जङ्गलबाट खोजेर ल्याएको च्याउ प्रतिकेजी एक हजार ६०० रुपियाँमा बिक्री भइरहेको हो ।