अर्थमन्त्री डा. प्रकाशशरण महत र आन्दोलनरत निर्माण व्यवसायीबीच छलफल भएको छ । आज (सोमबार) अर्थ मन्त्रालयमा भएको छलफलमा अर्थमन्त्री डा. महतले निर्माण व्यवसायीका जायज समस्या सरकारले समाधान गर्ने बताउनुभएको छ ।
गत पुस ३० गते विघटन भएको देवचुुलीस्थित देवचुुली माध्यमिक विद्यालयमा व्यवस्थापन समिति आठ महिना बितिसक्दा पनि नयाँ समिति बन्न नसक्दा शिक्षकले अहिलेसम्म तलबभता समेत नपाएका कारण विद्यालय अस्तव्यस्त बन्न पुुगेको छ ।
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारभन्दा सुशासन, सामाजिक न्याय र समृद्धि बढी महत्त्वपूर्ण भएको बताउनुभएको छ ।
गण्डकी सरकारले आइतबार राति बाढी क्षति गरेको मुस्ताङको कागबेनी क्षेत्रमा तत्काल राहत पठाउने भएको छ । सोमबार बिहान बसेको प्रदेश विपद् व्यवस्थापन कार्यकारी समितिको आकस्मिक बैठकले यस्तो निर्णय गरेको हो ।
दुवै मिर्गौला फेल भएका एक युवकको आर्थिक अभावका कारण मिर्गौला प्रत्यारोपणमा समस्या आएको छ ।
बर्खा लागेसँगै बाजुराका अधिकांश गाउँबस्तीका स्थानीयवासी त्रसित बन्दै गएका छन् । बर्खाको समय थोरै पानी परेसँगै गाउँबस्तीको तल माथिबाट पहिरो जान सुरु भएपछि त्यहाँका स्थानीयवासी पहिरोमा पर्ने डरले त्रसित बन्दै गएका हुन् ।
तालैतालको सहर पोखराका तालमा मोती उत्पादनको सम्भावना देखिएको छ । लामो समयको प्रयाससँगै बेगनासस्थित मत्स्य अनुसन्धान केन्द्रले यहाँका तालमा मोती उत्पादनको सम्भावनालाई प्रमाणित गरेको हो ।
तेह्रथुमको फेदाप गाउँपालिका–३ जलजलेमा नाबालकसहित तीन जनालाई छुरी हान्ने युवकलाई प्रहरीले पक्राउ गरेको छ ।
कोदोको महत्वका बारेमा थाहा नहुँदा यसको खेतीप्रति किसानको आकर्षण घट्दै जाँदा लोप हुँदै गएको हो । व्यावसायिक रूपमा खेती गर्ने किसानको सङ्ख्या कमी हुँदै गएपछि परम्परागत मुख्य खाद्यान्नबालीका रूपमा स्थापित कोदोखेती लोप हुने अवस्थामा पुगेको हो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाहिर बरामद भएको सुन नेपाल राष्ट्र बैंकको टक्सार महाशाखामा पगाल्न थालिएको छ ।
भारतमा अविरल वर्षाका कारण आएको बाढी र पहिरोमा परी कम्तीमा २४ जनाको मृत्यु भएको छ । मृतकमध्ये नौ जनाको मन्दिर भत्किँदा मृत्यु भएको छ भने दर्जनौं बेपत्ता भएको अधिकारीहरुले सोमबार जानकारी दिएका छन् ।
निवर्तमान सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले सरकारलाई बलियो बनाउन आफूले पद त्याग गरेको बताउनु भएको छ ।
मकवानपुरको बागमती गाउँपालिका– ५ सिक्रे दोभानको पहिरो प्रभावितलाई सरकारले राहत प्रदान गर्ने भएको छ ।
आँखा पाक्ने तथा दुख्ने सङ्क्रमण बढ्न थालेपछि स्याङ्जामा धमाधम विद्यालयको पठनपाठन बन्द हुन थालेको छ ।
गोरखा नगरपालिका–७, सतिपीपलस्थित एक घरबाट बरामद गरिएको टल्कने ढुङ्गा ‘क्वार्ज किष्टल’ गोरखा दरबार परिसरमा भगवती शिलाका रुपमा प्रतिस्थापन गर्ने निर्णय भएको छ ।