लगातारको वर्षातले भेरी नदीको बहाव उच्च भएपछि सदरमुकाम दुनै बजारमा जोखिम बढेको छ । सदरमुकाम दुनै बजारको बीच भाग भएर बगिरहेको भेरी नदीको पानीको बहाव उच्च बढेपछि सदरमुकामवासीमा चिन्ता थपिदिएको छ ।
गएराति अविरल वर्षासँगै कागखोलामा आएको बाढीले कागबेनीमा रहेको प्रहरी चौकी भवनसहित २० घर बगाएको थियो । मुक्तिनाथ हुँदै झर्ने कागखोला पहिरोका कारण थुनिएपछि आएको बाढीले वितण्डा मच्चाउँदा कागबेनीमा ठूलो भौतिक क्षति भएको हो ।
कोशी प्रदेशको मुख्यन्यायाधिवक्ता पदमा नियुक्त हुनुभएका बुद्धिबहादुर कटुवालले पद तथा गोपनियताको शपथ ग्रहण गर्नुभएको छ ।
घोराही तुलसीपुर सडकखण्डअन्तर्गत आइतबार आएको बाढीका कारण भत्किएको सडक मर्मत सुरु गरिएको छ । सडकखण्डको तुलसीपुर उपमहानगरपालिका–१७ फोर्टिनाइन चोकदेखि पूर्वतर्फको सुरैना चिरामा आएको बाढीले सडक भत्काएको थियो ।
महाकाली नदीको जलसतह बढेपछि शारदा ब्यारेजमा रहेको बनबासा पुलमा चार पाङ्ग्रे सवारी आवतजावत बन्द गरिएको छ ।
त्रिशूली नदीमा आइतबार राति आएको बाढीले क्षति पु र्याएको गोरखाको गण्डकी गाउँपालिका वडा नम्बर ६ भुम्लिचोक र धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा नम्बर १०
गोरखाको गण्डकी गाउँपालिकाका अध्यक्ष दीपक तिमिल्सिना नेतृत्वको प्रतिनिधिमण्डलसँग आज प्रधानमन्त्री निवास बालुवाटारमा छलफल गर्दै बुढीगण्डकी जलविद्युत् आयोजना राष्ट्रिय गौरवको परियोजना भएकाले शीघ्र अघि बढाउने बताउनुभएको हो । यही साउन ३ गते सो आयोजनाको फिल्ड कार्यालय उद्घाटन भइसकेको छ ।
नवनियुक्त सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री अनितादेवी साहले पदभर ग्रहण गर्नुभएको छ । सोमबार बिहान राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष मन्त्री पदको पद तथा गोपनीयताको शपथ लिनुभएसँगै उहाँले मन्त्रालयमा पुगेर पदभार ग्रहण गर्नुभएको हो ।
बाढी पहिरोका कारण आइतबार बिहानदेखि अवरुद्ध बेँसीसहर–चामे सडक सञ्चालन भएको छ । बेँसीसहर नगरपालिका–६ खरखरे भिरमा गएको पहिरो हटाएसँगै आज बिहान १० बजेदेखि सवारीसाधन सञ्चालनमा आएको डुम्रे बेँसीसहर चामे सडक योजना कार्यालय लमजुङले जनाएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले निर्माण व्यवसायीले उठाएका विभिन्न माग सम्बोधनका लागि आफू गम्भीर रहेको बताउनुभएको छ । प्रधानमन्त्रीले सम्पन्न कामको भुक्तानी, मूल्य अभिवृद्धि करलगायतका विषयमा अर्थ मन्त्रालय र सम्बद्ध विषयगत मन्त्रालयलले आपसी समन्वयका आधारमा यथाशीघ्र माग सम्बोधन गर्न निर्देशन दिनुभएको प्रधानमन्त्री
नवनियुक्त सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री अनितादेवी साहले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष मन्त्री पदको पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।
राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय कक्षा १२ सानोठिमी भक्तपुरबाट २०८० सालको कक्षा १२ को परीक्षाफल सार्वजनिक गर्ने कार्यक्रम तय गरेको छ ।
दोधारा चाँदनी नगरपालिका–१० कुतियाकबरको पारि भारतीय बस्ती नौजलियाका बासिन्दा हुन, कार्तिक मण्डल । नौजलियामा उहाँसँग खेतीका लागि जमिन छैन । बसोबासका लागि एउटा सानो छुप्रो मात्रै छ ।
नेपाली कांग्रेस संसदीय दलको बैठक सोमबार पनि बस्ने भएको छ । कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा आइतबार बसेको बैठकमा संसद् र सरकारका कामलाई प्रभावकारी बनाउने सन्दर्भमा छलफल भयो । कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले बैठकमा ५० जना सांसदले बोल्नुभएको बताउनुभयो । उहाँले सोमबारको बैठकमा अरू सांसदले बोलेपछि बैठकले महत्वपूर्ण निर्णय गर्ने बताउनुभयो ।
नेपाली साहित्यमा डा. राजुबाबु श्रेष्ठले समयक्रममा कवितामा भन्दा कथा र गीत लेखनतर्फ उम्दा साहित्यकारको छवि बनाउन सफल भएका छन् । पेसाले उनी नेपाल प्रहरीमा सम्बद्ध भएका कारणले पनि हुन सक्छ, उनले खासगरी कथाकारिताका क्षेत्रमा आफूलाई युद्ध कथाकारका रूपमा चिनाउन सफल भएका छन् ।