सहकारीमा कार्यरत रेश्मीका परियार कार्यालयबाट अपरान्ह ४ बजेतिर निस्किन्छन् । पैदल यात्रामा करिब एक घण्टा लाग्थ्यो कार्यालयदेखि घरसम्म पुग्न । बाटोमा एक जना किशोर भेटिन्छन् । किशोरले रेश्मीकाको श्रीमानले आफूलाई पैसा दिनु पर्ने तर नदिएको भन्दै फोन लगाइदिन आग्रह गर्छन् ।
मुगुको रारा विमानस्थलमा चार महिनापछि नेपाल एयरलाइन्सले आज उडान भरेको छ । नेपाल सरकारको स्वामित्वमा रहेको नेपाल एयरलाइन्सले यसअघि गत वैशाख महिनासम्म रारा विमानस्थलमा हप्ताको तीन दिन उडान भर्दै आएको थियो ।
बाजुराको मार्तडी–कोल्टी सडक अवरुद्ध बनेको चार महिनापछि बल्ल मर्मत सम्भार काम सुरु गरिएको छ ।
व्यास नगरपालिका–१ मा पहिरोले पाइप बगाउँदा खानेपानी वितरण अवरुद्ध भएको छ । व्यास–१३ मा पर्ने खिरखादी मुहान नजिकै माथिबाट आएको पहिरोले करिब ४० मिटर जिआइ पाइप बगाएपछि पानी वितरण प्रभावित भएको हो ।
नाग्मदेखि गमगढी क्षेत्रको ९३ किलोमिटरमा आर्थिक वर्ष २०८०-०८१ मा ६ किलोमिटर कालोपत्र भए पनि बजेट अभावका कारण आर्थिक बर्ष २०८१-०८२ मा कालोपत्रे तथा स्तरवृद्धि हुन सकेन ।
दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आइतबार राति भएको खेलमा भारतले पाकिस्तानलाई ६ विकेटले हरायो । भारतले यसअघि समूह चरणमा पनि पाकिस्तानलाई सात विकेटले हराएको थियो ।
दसैँ आएपछि सप्तरीको रुपनी गाँउपालिकाले रातिको समयमा पनि बाटो मर्मत गर्न थालेको छ ।
इलाम नगरपालिका –१ साँखेजुुङका ४५ वर्षीय प्रकाशचन्द्र राईले ४० वर्षीया पत्नी टीका मुखियालाई खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएका छन् ।
रौतहटको दुर्गा भगवती गाउँपालिकाले चालु आर्थिक वर्ष २०८२–८३ का लागि ४३ करोड ६१ लाख २६ हजार १७ रुपियाँ ८८ पैसाको बजेट प्रस्तुत गरेको छ ।
होत्तरी जिल्लाको मटिहानी नगरपालिकाको वडा २ को कामकाज अहिलेसम्म सुचारु हुन सकेको छैन ।
उत्तरी गोरखामा केही दिनदेखिको वर्षाले बेनिघाट–लार्के सडक अवरुद्ध भएको छ ।
नेपाल श्रीलङ्कामा जारी यु–१७ साफको सेमिफाइनलमा प्रवेश गरेको छ ।
युवा पुस्ताको आन्दोलका क्रममा कैलाली कारागारबाट भागेका एक कैदी अछाममा सोमबार पक्राउ परेका छन् । व्यक्ति हत्यामा कैद सजाय भुक्तान गरिरहेका चौरपाटी गाउँपालिका –५ खातीगाउँ निवासी ३० वर्षीय प्रेम दमाईलाई प्रहरीले घरबाट पक्राउ गरेको हो ।
मुलुकको सङ्घीय राजधानी काठमाडौँबाट चाडपर्व मनाउनका लागि पछिल्लो पाँच दिनमा एक लाख ८९ हजार २१८ यात्रु बाहिरिएका छन् ।
भारतीय र नेपाली फिल्मकर्मीको सहकार्यमा फिल्म ‘मोना लिसा (ब्लडी लभ) निर्माण हुने भएको छ। घटस्थापनाको अवसर पारेर निर्माण युनिटले सो फिल्म निर्माणको घोषणा गरेको हो।