संयुक्त राष्ट्रसङ्घको वार्षिक महासभा सुरु हुनुअघि फ्रान्स, बेलायत, क्यानडा, अष्ट्रेलिया र पोर्चुगल जस्ता प्रमुख राष्ट्रहरूले प्यालेस्टाइनलाई एक स्वतन्त्र र सार्वभौम राज्यको रूपमा मान्यता दिने तयारी गरेका छन् ।
निवर्तमान प्रधानमन्त्री सिगेरु इसिबाको उत्तराधिकारी छान्न सत्तारूढ लिबरल डेमोक्रेटिक पार्टी ९एलडिपी०ले सोमबार आधिकारिक अभियान सुरु गरेको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष चार जना नवनियुक्त मन्त्रीहरुले आज पद तथा गोपनीयताको शपथ लिनुभएको छ । राष्ट्रपतिको कार्यालय शीतल निवासमा दिउँसो ३ बजे आयोजित विशेष कार्यक्रममा उहाँहरुले शपथ ग्रहण गर्नुभएको हो ।
पूर्व–पश्चिम राजमार्ग अन्तर्गत हेटौँडा उपमहानगरपालिका –१९ स्थित बस्तीपुर सडक खण्डमा बस र ट्रक जुधेर दुर्घटना हुँदा ३१ जना यात्रु घाइते भएका छन् ।
पूर्व–पश्चिम हुलाकी राजमार्गमा पक्की सडक निर्माणले स्वरोजगार बढेको छ । तराई–मधेशको जीवन रेखा मानिने हुलाकी सडकको सिरहा जिल्लाको सिरहा बजारदेखि पूर्व सप्तरीको राजविराजसम्म पूर्ण रुपमा कालोपत्रे भएको छ ।
उच्च अदालत पोखरा, बागलुङ इजलासमा दरबन्दी अनुसारका न्यायाधीश आएपछि अदालतले पूर्ण रुपमा काम गर्ने अवस्था बनेको छ ।
कैलालीको टीकापुरबाट होटल व्यवसाय सुरु गरेको सिद्धार्थ हस्पिटालिटीले सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीमा पनि आफ्नो सेवा विस्तार गरेको छ ।
अफ्रिकी सङ्घ (एयू), युरोपेली सङ्घ र संयुक्त राष्ट्रका उच्चस्तरीय प्रतिनिधिले आइतबार संयुक्त राष्ट्र मुख्यालयमा भेला भएर आजका विश्वव्यापी चुनौती सामना गर्न बहुपक्षीय साझेदारीलाई सबैभन्दा प्रभावकारी उपायको रूपमा पुनः पुष्टि गर्नु भएको छ ।
नवनियुक्त चार जना मन्त्रीहरुको आज पद तथा गोपनीयताको शपथ ग्रहण गराउने कार्यक्रम भए पनि स्वास्थ्य तथा जनसंख्यामन्त्रीमा नाम सिफारिस भएको डा. सङ्गिता कौशल मिश्राको शपथ नहुने भएको छ। राष्ट्रपति कार्यलयका सहसचिव प्रदीपकुमार कोइरालालले सोमबार स्वास्थ्यमन्त्रीको शपथ नहुने जानकारी दिनुभयो ।
राष्ट्रिय सतर्कता केन्द्रमा रहेका कर्मचारीको कार्यसम्पादन मूल्याङ्कन र सम्पत्ति विवरणलगायतका महत्त्वपूर्ण कागजात र अभिलेख सुरक्षित छन् ।
झण्डै एक दशक लामो वार्तापछि इन्डोनेसिया र युरोपेली सङ्घबिचको व्यापार सम्झौता मङ्गलबार बाली द्वीपमा हस्ताक्षर हुने भएको छ ।
रुपन्देहीको भैरहवामा ‘दसैँ सस्तो बजार– २०८२’ हुने भएको छ ।
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले बेलायत, क्यानाडा र अस्ट्रेलियाले प्यालेस्टाइनलाई मान्यता दिएको कदमको कडा विरोध गर्दै जोर्डन नदीको पश्चिममा कुनै पनि हालतमा प्यालेस्टिनी राज्य नहुने स्पष्ट चेतावनी दिनुभएको छ ।
घरेलु मैदानमा आइतबार राति भएको खेलमा बार्सिलोनाले गेटाफेलाई ३–० गोलले हरायो । एकपक्षीय खेलमा बार्सिलोनालाई जिताउन फेरान टोरेसले १५औँ र ३४औँ तथा डानी ओल्मोले ६२औँ मिनेटमा गोल गर्नुभयो ।
बङ्गलादेश स्वास्थ्य सेवा महानिर्देशनालयले आइतबार सार्वजनिक गरेको रिपोर्ट अनुसार, देशमा डेङ्गु सङ्क्रमणका कारण एकैदिन १२ जनाको मृत्यु भएको छ, जुन यस वर्षका लागि सबैभन्दा उच्च मृत्यु सङ्ख्या हो ।