विश्वव्यापी वातावरणीय प्रणालीमा भइरहेका परिवर्तनले सन् २०२५ मा बाढी, खडेरी र अत्यधिक तापक्रमलाई तीव्र बनाउँदै हजारौँ मानिसको ज्यान गएको र सयौँ अर्ब अमेरिकी डलर बराबरको क्षति भएको एक नयाँ प्रतिवेदनले जनाएको छ ।
चीनको व्यापार अधिशेष सन् २०२५ मा करिब १२ खर्ब अमेरिकी डलरको ऐतिहासिक रेकर्डमा पुगेको सरकारी तथ्याङ्कले देखाएको छ ।
राष्ट्रिय सूचना आयोगका प्रमुख सूचना आयुक्त डा. सुरेश आचार्यले गलत नियतले सूचना माग्ने प्रवृत्ति बढ्दै गएको बताउनु भएको छ । दुःख दिने नियतले सूचना माग्ने प्रवृत्तिले सूचनाको हकको प्रयोगमा चुनौती देखिएको बताउनुभएको हो ।
नेपाल–चीन (तिब्बत) सीमामा पर्ने दार्चुलाको तिङ्कर नाका कुनै समय स्थानीय समुदायको व्यापार, आवतजावत तथा सांस्कृतिक सम्बन्धको प्रमुख आधार थियो ।
त्रिवि शिक्षण अस्पताल(टिचिङ)ले माघ १ गते देखि स्वास्थ्य बिमाको सम्पूर्ण उपचार सेवा बन्द गर्ने भएको छ ।
पश्चिम नवलपरासीको प्रतापपुरमा रहेको इन्दिरा चिनी मिल इन्दिरा सुगर एण्ड एग्रो इन्डष्ट्रिज प्रा.ली हालसम्म सञ्चालनमा नआउँदा किसान मर्कामा परेका छन् ।
तामाङ समुदायको बाहुल्यता रहेको पूर्वी मकवानपुरको बकैया गाउँपालिकाले सोनाम ल्होछार पर्वको अवसरमा तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
विजयपुर-साँगुरीगढी-पाख्रीबास पदयात्रा धनकुटाको पाख्रीबास नगरपालिकामा पुगेर समापन भएको छ ।
गुल्मीमा चोरीका दुई स्कुटरसहित दुई जना किशोर पक्राउ परेका छन्।
प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत अस्वस्थ हुनुभएको छ । उहाँ बलम्बुस्थित सशस्त्र प्रहरी बल नेपालको अस्पतालमा उपचाररत हुनुहुन्छ ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीभित्रको एकता कायम राख्न आफू लचक रहेको बताउनुभएको छ ।
अस्थायी तथा स्थायी करार सेवामा कार्यरत चिकित्सकलाई महँगी एवं अन्य भत्ता उपलब्ध गराउन नेपाल चिकित्सक संघले माग गरेको छ।
प्रधानमन्त्री सुशीला कार्कीको उपस्थितिमा आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, सिंहदरबारमा सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम सम्पन्न भएको छ।
स्थानीय बजारमा सुनचाँदीको मूल्यमा उल्लेख्य वृद्धि भएको छ । चार दिनको अन्तरालमा सुन र चाँदी दुवैको मूल्यमा तीव्र वृद्धि भएको हो ।
लुम्बिनी प्रदेश सरकारले एक करोड रुपियाँभन्दा बढी खर्च गरेको बाँकेको खजुरा गाउँपालिकास्थित डि गाउँमा रहेको मिनी रङ्गशाला अझै अधूरै छ ।