बर्दियामा अझै पनि कुपोषण भएका बालबालिकाको सङ्ख्या न्यूनीकरण हुन सकेको छैन । बालबालिकाको खानपान र स्याहारसुसारको कमीका कारण पाँच वर्षमुनिका बालबालिका कुपोषित भएका हुन् ।
हिन्दुको महान् पर्व दसैँ नजिकिएसँगै कामका लागि भारत गएका नेपाली चाडपर्व मनाउन ठुलो सङ्ख्यामा स्वदेश फर्किन थालेका छन् । नेपाल–भारत नाकामा रहेको इलाका प्रहरी कार्यालय जमुनाहाले रोजगारीका लागि भारतका विभिन्न सहरमा गएकाहरू अहिले स्वदेश फर्किरहेको जानकारी दिएको छ ।
भूमि आयोग दाङले असोज ५ गतेभित्र जिल्लाका चार स्थानीय तहका ६३ जना भूमिहीन दलित र सुकुमवासीलाई जग्गाको पुर्जा वितरण गर्ने तयारी गरेको थियो । त्यही अनुसार जग्गाको नापजाँच, नक्साङ्कन गर्नेदेखि पुर्जा बनाउने काम भइरहेको थियो ।
मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–५,फल्याकका वडा अध्यक्ष सुरेन्द्र गुरूङ ग्राहकलाई च्याङ्ग्रा बेच्न व्यस्त हुनुहुन्छ ।
जुम्लाको प्रसिद्ध चन्दननाथ र भैरवनाथ मन्दिरमा नयाँ लिङ्गो फेरिएको छ । चन्दननाथ मन्दिरमा ५२ हाते लिङ्गो र ५२ हाते कपडा राखिएको छ भने भैरवनाथ मन्दिरमा ४८ हातको लिङ्गो र ४८ हातकै कपडा फेरिएको हो ।
कर्णाली कोरिडोरको हुम्ला खण्ड दसैँको फूलपातीअगाडि नै मर्मत गरिने भएको छ । दसैँका बेला यातायातका साधन निर्वाध रूपमा सञ्चालन गर्न यो खण्डमा रहेका खाल्टाखुल्टी परेका र पहिरोले भत्काएका सडक मर्मत गर्न लागिएको हो ।
कर्णाली प्रदेश सरकारले ग्रामीण सडक सुधार आयोजनालाई प्राथमिकतामा राखेको छ । अघिल्ला आर्थिक वर्षमा निर्माणाधीन सडकको निर्माण अघि बढाउन लागिएको हो ।
जेनजी पुस्ताको आन्दोलनमा तोडफोड र आगजनी हुँदा सर्लाहीमा ६३ करोड ५५ लाख बराबरको सार्वजनिक सम्पत्तिमा क्षति पुगेको छ ।
पूर्ण रूपमा अन्त्य हुन नसकेको छाउपडी कुरीतिका विरुद्ध अछामका पालिका प्रमुखले साझा पहल गर्नेमा एकमत भएका छन् । चार नगरपालिका र छ गाउँपालिकाका प्रमुख, उपप्रमुख, सुरक्षा निकाय र सरोकारवालाको जिल्ला प्रशासन कार्यालयमा भएको बैठकमा छाउपडी कुरीति अन्त्यको अभियानलाई संयन्त्र बनाएर प्रभावकारी बनाउन एकमत भएका हुन् ।
गुल्मीको धर्कोट गाउँपालिकामा धुर्कोट आधारभूत अस्पतालसहित सबै स्वास्थ्यचौकीबाट प्रयोगशाला सेवा सुरु गरिएको छ । सोमबारदेखि धुर्कोट गाउँपालिका–७ को वाग्ला स्वास्थ्यचौकीमा प्रयोगशाला सेवा सुरु गरिएको छ ।
‘जेनजी’ आन्दोलनका क्रममा भएको घुसपैठका क्रममा यहाँको शुक्लाफाँटा नगरपालिकाले तीन करोडभन्दा बढीको क्षति बेहोर्नु परेको छ । गत भदौ २३ र २४ गते ‘जेनजी’ आन्दोलनका नाममा घुसपैठ हुँदा भएको तोडफोड र आगजनीबाट नगरपालिकाको कार्यालय र यहाँका १२ वटै वडामा गरेर तीन करोड ३१ लाख ९३ हजार रुपियाँ बराबरको क्षति बेहोर्नु परेको बताइएको छ ।
जेनजी प्रदर्शनका क्रममा नख्खु र झुम्का कारागारबाट भागेका तीन कैदी सङ्खुवासभामा पक्राउ परेका छन् ।
जेनजी आन्दोलनको क्रममा क्षतिग्रस्त सरकारी संरचना पुनर्निर्माणमा सघाउनका लागि बागलुङका एक फर्निचर व्यवसायीले एक लाख एक हजार रकम प्रदान गर्नुभएको छ ।
सप्तरीको सुरुङ्गा नगरपालिकामा पोखरीमा डुबेर दुईजना बालिकाको मृत्यु भएको छ ।नगरपालिकाको वडा नम्बर २ स्थित हर्दिया घर भएकी दुई जना बालिकाको नुहाउने क्रममा पोखरीमा डुबेर मृत्यु भएको हो ।
भारतबाट ठुलो परिमाणमा केरा आयात भएपछि स्वदेशी उत्पादनले बजार नपाएको भन्दै पश्चिम नवलपरासीका केरा किसान आन्दोलित भएका छन् ।