नेपालगन्ज–कोहलपुर सडकखण्डको मर्मत सम्भारको काम अहिले सुरु भएको छ।
कैलालीको टीकापुर नगरपालिका–९ रैनाबोझी झरनाबाट मगर गोहीको बच्चाको उद्धार गरिएको छ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले जेन्जी आन्दोलनमा घुसपैठ गरि सरकारी कार्यालयमा आगजनी,लुटपाट र तोडफोडमा संलग्नाको पहिचान गरि कानुनी दायरामा ल्याउनुपर्ने बताउनुभएको छ ।
मध्यपश्चिम स्रष्टा समाजले ‘सनत रचना कथा सम्मान २०८१’ ‘बहुरुपी’ कथासङ्ग्रहका लेखक कथाकार श्रेयज सुवेदीलाई प्रदान गरेको छ ।
सुपर टाइफुन रागासा दक्षिण चीनतर्फ नजिकिँदै जाँदा मङ्गलबार कम्तीमा १० वटा सहरमा विद्यालय र व्यवसाय बन्द गर्ने आदेश दिइएको छ ।
रौतहटको माधवनारायण नगरपालिकाले सिँचाइका लागि कृषकलाई पम्पसेट उपकरण सहयोग गरेको छ ।
कञ्चनपुरको भीमदत्त नगरपालिका–९, खल्ला मसेट्टी क्षेत्रका गर्भवती नजिकमा प्रसूति सेवासहितको स्वास्थ्य संस्था नहुँदा घरमा नै सुत्केरी हुन बाध्य छन् ।
वर्षौंदेखि विदेशमा श्रम गरे पनि अपेक्षित कमाइ र सन्तुष्टि नपाएका यहाँ का युवाहरू अहिले आफ्नै गाउँ फर्किएर व्यावसायिक कृषि, जडीबुटी तथा पशुपालनमार्फत मनग्य आम्दानी गर्न थालेका छन् । विदेशको भोगाइ र अनुभवलाई सँगालेर थालेका व्यवसायबाट उनीहरूले मनग्य लाभ उठाइरहेका छन् ।
पछिल्ला केही दिनदेखि सिद्धार्थ राजमार्ग भएर ओहोरदोहार गर्ने सवारी साधनको सङ्ख्या बढेको छ । मुग्लिन नारायणगण सडक खण्ड अस्तव्यस्त भएसँगै पश्चिम जाने यात्रु र सवारीसाधानको रोजाइमा सिद्धार्थ राजमार्ग परेको हो ।
यहाँको गोलबजार नगरपालिका–१३, डङ्ग्राहाबाट अपहरित किशोरको हत्या गरिएको अवस्थामा आज बिहान शव फेला परेको छ । आइतबार राती अपहरणमा परेका स्थानीय १७ वर्षीय अभिषेक महतोको शव घरदेखि एक सय मिटर पूर्व आँप बगैचामा फेला परेको प्रहरीले जनाएको छ ।
धनकुटाको साँगुरीगढी गाउँपालिका–६, स्थित मोक्तेनमा पहिरोका कारण करिब नौ घर जोखिममा परेका छन् । केही दिनयता लगातार परेको वर्षका कारण तलबाट पहिरोले बस्ति नै तानेपछि साँगुरीगढी नौ घर जोखिममा परेका हुन् ।
आज सुन प्रतितोला रू दुई लाख २१ हजार ७०० मा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुन प्रतितोला रू दुई लाख १७ हजार ८०० मा किनबेच भएकोमा आज तोलामा रू तीन हजार नौ सय बढेको हो ।
देशकै प्रसिद्ध धार्मिक शक्तिपीठ बागलुङ कालिका भगवती मन्दिरमा नवरात्रको पहिलो दिन घटस्थापना गरिएसँगै दसैँको विधिवत सुरुवात भएको छ । नवरात्रभर बागलुङ कालीका मन्दिरमा हजारौं भक्तजन आएर पूजा गर्छन् ।
जनता समाजवादी पार्टी नेपाल (जसपा) का केन्द्रीय सचिव शैलेन्द्रप्रसाद साहले वर्तमान संविधानलाई संशोधन, परिमार्जन वा आवश्यक परे पुनर्लेखन नगरी जेनजीले उठाएका माग र मुद्दाहरूको प्रभावकारी समाधान सम्भव नदेखिने बताउनुभएको छ ।
बुद्धशान्ति गाउँपालिका–३ प्रगतिटोल पुग्दा एउटा महिलाको सङ्घर्ष र सफलताले भरिएको कथा भेटिन्छ । नम्र स्वभाव, अनी आत्मविश्वासले भरिपूर्ण अनुहार ।