• ३० पुस २०८२, बुधबार

सुमन सायमी नेकपामा प्रवेश

blog

नेकपामा प्रवेश गरेपछि सुमन सायमी । तस्बिरः नेकपा संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड'को निजी सचिवालय

काठमाडौँ, पुस ३० गते । राष्ट्रिय मुक्ति पार्टी नेपालका उपाध्यक्ष सुमन सायमी नेपाली कम्युनिस्ट पार्टी (नेकपा) प्रवेश गर्नुभएको छ । 

बुधबार नेकपा र राष्ट्रिय मुक्ति पार्टी नेपाल (एकता पक्षधर)बिच पार्टी समायोजन हुँदा सायमी नेकपा प्रवेश गर्नुभएको हो।

भृकुटीमण्डपस्थित राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपालले सायमीलगायत नेतालाई स्वागत गर्नुभएको हो ।