काठमाडौँ महानगरपालिकाले प्रदान गरेको एम्बुलेन्सबाट ग्रामीण स्वास्थ्य सेवामा टेवा पुगेको गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षहरुले धारणा राख्नुभएको छ।
नेपालगन्ज–१, धम्बोझीमा मङ्गलबार दिउँसो मोटर साइकललाई ट्याक्टरले ठक्कर दिंदा मोटरसाइकल चालक कर्णबहादुर थापाको मृत्यु भएको छ ।
अवरुद्ध पृथ्वी राजमार्ग दुईतर्फी खुलेको छ । बेनिघाट रोराङ गाउँपालिका–१०, जवाङखोलामा सोमबार राति १० बजेदेखि सुक्खा पहिरोले राजमार्ग अवरुद्ध भएको थियो । जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक भेषराज रिजालले पहिरो पन्छाएर राजमार्ग खुलाएको जानकारी दिनुभयो ।
जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले सीमा नाका गड्डाचौकी भएर महेन्द्रनगर आउने भारतीय नम्बर प्लेटका सवारी साधनमा ‘टाइम कार्ड’ प्रणाली लागू गरेको छ ।
भूमिव्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री अनिलकुमार सिन्हाले भू–उपयोग नियमावली संशोधनको प्रक्रियाअघि बढाउने निर्णयमा हस्ताक्षर गर्नुभएको छ ।
बर्खा सकिएर हिउँद लागेसँगै नयाँ घर निर्माण गर्ने तयारीमा रहेकाले घर बनाउन सुरसार गर्छन्। प्रायः गरेर भदौ महिनाबाट तराई मधेशमा नयाँ घर बनाउन थाल्ने गरेको पाइन्छ।
निर्वाचनको तयारीका विषयमा प्रधानमन्त्री सुशीला कार्कीसँग निर्वाचन आयोगका पदाधिकारीले आज छलफल गर्नुभएको छ ।
सुदूरपश्चिम प्रदेश सभाका सदस्यहरूले शान्ति, स्थिरता र सुशासनका लागि अझ धेरै काम गर्न जरुरी भएको बताउनुभएको छ ।
ताप्लेजुङको मैवाखोला गाउँपालिकाका पहिरो पीडित परिवारलाई राहत सामग्री वितरण गरिएको छ। मैवाखोला गाउँपालिका वडा ५ र ६ फाकुम्बाका पहिरो पीडित परिवारलाई राहत सामग्री वितरण गरिएको हो।
महान् पर्व बडादसैँलाई लक्षित गरी बागलुङ नगरपालिकाले पहिरोले झण्डै तीन महिना ठप्प रहेको मालढुङ्गा–कुश्मीसेरा सडकअन्तर्गत एक्लेसालको पहिरो पन्छाएर सवारीसाधन चलाउने तयारी थालेको छ ।
तनहुँका विभिन्न स्थानमा चितुवाको आक्रमणमा परी ज्यान गुमाएका १६ बालबालिकाका परिवारले राहत पाएका छन् ।
जेएनजी आन्दोलनका क्रममा पूर्णरूपमा क्षतिग्रस्त अवस्थामा पुगेको आन्तरिक राजस्व कार्यालय तुलसीपुरले मङ्गलबारदेखि सेवा सुरु गरेको छ ।
कोलम्बो स्पोर्ट्स कम्प्लेक्समा सोमबार राति भएको समूह ‘बी’को अन्तिम खेलमा भुटानले माल्दिभ्सलाई १–० गोलले हरायो ।
बालोन डी’ओर अवार्ड फ्रान्स तथा पेरिस सेन्ट जर्मेन (पिएसजी) का स्ट्राईकर औसमाने डेम्बेलेले जित्नुभएको छ ।
वरिष्ठ गीतकार नारद पोखरेलको शब्द सिर्जनामा तयार ‘आमाको सपना’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ ।