• १ माघ २०८२, बिहिबार

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

blog

काठमाडौँ, माघ १ गते । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४४ रुपियाँ १८ पैसा र बिक्रीदर १४४ रुपियाँ ७८ पैसा तोकिएको छ ।

यस्तै, युरोपियन युरो एकको खरिददर १६७ रुपियाँ ९४ पैसा र बिक्रीदर १६८ रुपियाँ ६४ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९३ रुपियाँ ८८ पैसा र बिक्रीदर १९४ रुपियाँ ६९ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७९ रुपियाँ ९४ पैसा र बिक्रीदर १८० रुपियाँ ६९ पैसा कायम गरिएको छ ।

अस्ट्रेलियन डलर एकको खरिददर ९६ रुपियाँ ३१ पैसा र बिक्रीदर ९६ रुपियाँ ७१ पैसा, क्यानेडियन डलर एकको खरिददर १०३ रुपियाँ ८२ पैसा र बिक्रीदर १०४ रुपियाँ २५ पैसा, सिङ्गापुर डलर एकको खरिददर १११ रुपियाँ ९५ पैसा र बिक्रीदर ११२ रुपियाँ ४१ पैसा तोकिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपियाँ ०८ पैसा र बिक्रीदर नौ रुपियाँ १२ पैसा, चिनियाँ युआन एकको खरिददर २० रुपियाँ ६८ पैसा र बिक्रीदर २० रुपियाँ ७६ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३८ रुपियाँ ४४ पैसा र बिक्रीदर ३८ रुपियाँ ६० पैसा, कतारी रियाल एकको खरिददर ३९ रुपियाँ ४५ पैसा र बिक्रीदर ३९ रुपियाँ ६१ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपियाँ ५८ पैसा र बिक्रीदर चार रुपियाँ ६० पैसा, युएई दिराम एकको खरिददर ३९ रुपियाँ २५ पैसा र बिक्रीदर ३९ रुपियाँ ४२ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३५ रुपियाँ ६२ पैसा र बिक्रीदर ३५ रुपियाँ ७७ पैसा, साउथ कोरियन वन १०० को खरिददर ९ रुपियाँ ७७ पैसा र बिक्रीदर ९ रुपियाँ ८१ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १५ रुपियाँ ६६ पैसा र बिक्रीदर १५ रुपियाँ ७३ पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रुपियाँ ४८ पैसा र बिक्रीदर २२ रुपियाँ ५७ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १८ रुपियाँ ४९ पैसा र बिक्रीदर १८ रुपियाँ ५७ पैसा, कुवेती दिनार एकको खरिददर ४७१ रुपियाँ ४८ पैसा र बिक्रीदर ४७३ रुपियाँ ४५ पैसा, बहराइन दिनार एकको खरिददर ३८२ रुपियाँ ४० पैसा र बिक्रीदर ३८४ रुपियाँ, ओमनी रियाल एकको खरिददर ३७४ रुपैयाँ ५१ पैसा र बिक्रीदर ३७५ रुपियाँ ०७ पैसा रहेको छ । भारतीय रुपियाँ एक सयको खरिददर १६० रुपियाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ । रासस