खाद्य व्यवस्था तथा व्यापार कम्पनीले देशभरका पालिकासँग समझदारी (एमओयु) गरी केही पालिकाबाट कम्पनीका खाद्यवस्तु पालिकामार्फत बिक्री गर्न थालेको छ । कम्पनीले देशभरका उपभोक्ता पालिकामार्फत सहुलियत दरमा खाद्यवस्तु उपलब्ध गराउने उद्देश्यले हालसम्म १०१ पालिकासँग एमओयु गरी तीन वटा पालिकामार्फत सामान बेच्न पनि थालेको छ ।
जल तथा मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव कमजोर रही स्थानीय वायुको आंशिक प्रभाव रहेको जनाएको छ ।
घोराही उमनपा–३ की ५७ वर्षीया श्रीमती लिला पुनको हत्या गरेको आरोपमा श्रीमान पक्राउ परेका छन् । प्रहरीले ५७ वर्षीय श्रीमान् सुकराम पुनलाई जिल्ला प्रहरी कार्यालय दाङले पक्राउ गरेको हो ।
अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्र र सरकारका दुःख एकअर्काको सहकार्यबाट हल गर्नुपर्ने बताउनुभएको छ । विराटनगर भन्सार कार्यालयमा अनलाइन भ्यालुएसन सफ्टवेयरको बुधबार शुभारम्भ गर्दै अर्थमन्त्री खनालले सरकार सबै हिसाबका आर्थिक गतिविधि चलायमान बनाउन निजी क्षेत्रसँग सहकार्य गर्न तयार रहेको बताउनुभएको हो ।
ताप्लेजुङको ग्रामीण तथा दुर्गम क्षेत्रका विद्यार्थीलाई उच्च शिक्षा अध्ययन गर्न छात्रवृत्ति प्रदान गरिएको छ । विभिन्न संकायअन्तर्गत उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीलाई ग्रामीण शिक्षा तथा वातावरण विकास केन्द्र (रीड नेपाल) ले बुधबार छात्रवृत्ति प्रदान गरेको हो ।
पश्चिम गुल्मीको मदाने गाउँपालिका–५ झ्यानपानीमा बुधबार राति चट्याङ लागेर एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा चार वर्षीया रियासा विक हुनुहुन्छ ।
नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खदिरदर १४१ रुपियाँ ६१ पैसा र बिक्रीदर १४२ रुपियाँ २१ पैसा कायम भएको छ ।
आश्विन शुक्ल चतुर्थी अर्थात् नवरात्रको चौथो दिन दसैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी चौथो कुष्माण्डा देवीको विधिपूर्वक पूजाआराधना गरिँदै छ ।
सुदूरपश्चिम प्रदेशबाट प्रतिनिधित्व गर्ने नेपाली कांग्रेसका नेताले संविधानभित्रैबाट राजनीतिक दल, सरकार र जेनजी युवाबिच राष्ट्रिय सहमति गर्नुपर्ने माग गरेका छन् ।
सडक विभागले गुनासा, जानकारी र आवश्यक सुझाव दिन ‘सम्पर्क व्यक्ति’ (फोकल पर्सन) तोक्ने व्यवस्था गरेको छ ।
काठमाडौँ महानगरपालिकाले ‘उज्यालो महानगर’ योजना अन्तर्गत ६२ ठाउँमा ‘हाइमास्ट लाइट’ जडान कार्यक्रम अगाडि बढाएको छ । यस कार्यक्रम अन्तर्गत महानगरको चार ठाउँमा ‘हाइमास्ट लाइट’ जडान भई सञ्चालनमा आइसकेको छ ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले सामुदायिक विद्यालयको स्तर उकास्ने सरकारी अभियानमा सघाउन सामाजिक सङ्घ संस्थालाई अनुरोध गर्नुभएको छ ।
नेकपा (एमाले) को विधान महाधिवेशनले अध्यक्ष केपी शर्मा ओलीलाई तेस्रो कार्यकालका लागि मार्गप्रशस्त गरे पनि पार्टीभित्र नेतृत्व परिवर्तन र रूपान्तरणको बहस घनीभूत ढङ्गले उठान भइरहेको छ ।
सरकारले ऐतिहासिक एवं पुरातात्त्विक महत्त्वका कागजपत्र, ताम्रपत्र, शिलापत्र, भोजपत्र, ताडपत्र र छालालगायतबाट बनेका दस्ताबेजलाई विद्युतीकरण (डिजिटलाइज) गर्ने कार्यलाई प्राथमिकतामा राखेको छ । पुराना कागजपत्र जल्ने, धुलिने, किरा लाग्ने, मक्किएर लोप हुन सक्ने भएपछि डिजिटल रूपमा सबैले हेर्न मिल्ने गरी सुरक्षित गर्न लागिएको हो ।
राष्ट्रपति रामचन्द्र पौडेलले मतदाता नामावली ऐन, २०७३ लाई संशोधन गर्न बनेको अध्यादेश जारी गरेपछि मतदाता नामावली सङ्कलनको बाटो खुलेको छ । आगामी फागुन २१ गतेका लागि प्रतिनिधि सभा सदस्यको निर्वाचनको मिति तोकिएको छ तर करिब चार महिनादेखि मतदाता नामावली सङ्कलन बन्द छ । रुपन्देही–३ मा उपनिर्वाचनको मिति तोकिएयता नामावली सङ्कलन हुन सकेको छैन ।