शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
विनय कर्ण
कल्याणपुर (सप्तरी), माघ १ गते । सप्तरीको राजविराज नगरपालिकामा बेवारिसे अवस्थामा फेला परेका एक पुरुषको उपचारका क्रममा मृत्यु भएको छ ।
नगरपालिकाको वडा नम्बर ६ लिल्जा टोलस्थित भित्री सडक खण्डमा बेवारिसे फेला परेका पुरुषको उपचारका क्रममा मृत्यु भएको हो ।
नाम ठेगाना नखुलेका ६० वर्षीय पुरुष पुस २५ गते कठ्याङ्ग्रिएको अवस्थामा प्रहरीले उद्धार गरी उपचारका लागि गजेन्द्र नारायण सिंह अस्पताल, राजविराजमा भर्ना गराएका थिए ।
उपचारकै क्रममा ती पुरुषको बुधबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक डम्बर बहादुर पुरीले जानकारी दिनुभयो । मृतकको पहिचान खुल्न नसकेकाले थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।