शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
विनय कर्ण
कल्याणपुर (सप्तरी) माघ १ गते । सप्तरीको राजविराज नगरपालिकामा एक बालिका मृत अवस्थामा फेला परेको छ ।नगरपालिकाको वडा नम्बर १४ पर्साही स्थित नहरको पुलमुनी दुई महिनाको बालिका मृत अवस्थामा फेला परेको हो ।
बुधबार साँझ २ महिनाको जस्तो देखिने एक बालिका मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक डम्बरबहादुर पुरीले जानकारी दिनुभयो ।
फेला परेको बालिकाको भने सनाखत हुन सकेको छैन ।
मृत शिशुको शव गजेन्द्र नारायण अस्पताल, राजविराजस्थित शवगृहमा राखिएको र थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।