जिल्ला प्रहरी कार्यालय सिरहाले खैरो हिरोइनसहित दुई जनालाई पक्राउ गरेको छ। मङ्गलबार राति धनगढीमाई नगरपालिका–१० स्थित जिरोमाईल चोकमा खटिएको प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।
नेपाली खेलकुदको दिगो विकासमा योगदान गर्ने उद्देश्यसहित स्थापना हुन लागेको संस्था ‘पेसएक्स स्पोटर्स’ले आफ्नो औपचारिक जानकारी सार्वजनिक गरेको छ।
टोखाबाट यसवर्ष रु पाँच करोडभन्दा बढी मूल्य बराबरको चाकु बिक्री भएको छ। माघे सङ्क्रान्तिको पूर्वसन्ध्यामा टोखाका चाकु व्यवसायीलाई चाकु बेच्न भ्याइनभ्याइ छ।
ताप्लेजुङमा तरुल (कन्दमुल) को मूल्य मङ्गिएको छ । यसवर्ष माघे (मकर) सङ्क्रान्ति पर्वमा तरुलको मूल्य महङ्गो भएको हो ।
सर्लाहीको बलरा नगरपालिकाका नगर प्रमुख रामा शंकरप्रसाद कुशवाहासहित आठ जनाविरुद्ध तीन लाख ८२ हजार ५३ रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको छ।
गोरखापत्र संस्थानको नवनियुक्त अध्यक्ष गोविन्दप्रसाद (अखण्ड) भण्डारीलाई संस्थान कार्यालयमा बुधबार स्वागत गरिएको छ । संस्थानका महाप्रबन्धक लालबहादुर ऐरीसहित पत्रकार तथा कर्मचारीले अध्यक्ष भण्डारीलाई स्वागत गर्नुभयो ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले देश र जनताको हित हुने गरी जिम्मेवारीपूर्वक काम गर्न गोरखापत्रको नेतृत्वलाई निर्देशन दिनुभएको छ।
नेपाल प्रेस युनियनले कांग्रेसभित्र एकता आवश्यक रहेको बताएको छ ।
“भक्का छ ? अनि घोँगी नि ?” यतिबेला टुँडिखेलको मैदानमा यी दुई परिकार खोजीखोजी खानेहरूको भीड छ ।
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सत्य र विवेकको पक्षमा निर्णय उभिन महाधिवेशन प्रतिनिधिलाई आह्वान गर्नुभएको छ ।
नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकमा व्यावसायिक वातावरण बनाउन सरकार र निजी क्षेत्र क्रियाशील रहेको बताउनुभएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आर्थिक वर्ष २०८२÷८३ मा ८० प्रतिशत बेरुजु फस्यौट गर्न निर्देशन दिएको छ ।
सोमबारदेखि पोखरा महानगरको फोहोर उठ्न सकेको छैन। वडा नम्बर ३२ को लामेआहालमा रहेको अस्थायी ल्यान्डफिल भरिएपछि त्यहाँ फोहोर लैजान बन्द गरिएको छ।
नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्वाचनको प्रचारलाई जनताको घरदैलो अभियानमा केन्द्रित गर्ने बताउनुभएको छ।
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टी सभापति शेरबहादुर देउवा नेतृत्वमा रहेको केन्द्रिय कार्य समिति भङ्ग भइसकेको बताउनुभएको छ ।