गत साउन ७ गतेदेखि बन्द रहेको तातोपानी नाकास्थित इको पहिरोमा ट्रयाक खुलाएर सडक सुचारु गरेपछि चिनियाँ क्षेत्रमा रोकिएका मालबस्तु बोकेका कन्टेनर तातोपानी भन्सार आउन थालेका छन् ।
सार्वजनिक जग्गा नागरिकको साझा सम्पत्ति भए पनि व्यक्तिगत रूपमा लाभ उठाउने कार्य भइरहेको छ । व्यक्तिगत प्रयोजनका लागि सार्वजनिक जग्गा हडपेर भोगचलन गर्ने कार्य कायमै छ ।
सप्तरीको सरकारी वकिलको कार्यालयमा दुई करोड सात लाख बराबरको क्षति भएको छ ।
वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा रु २६ अर्ब ३३ करोड बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ । सो अवधिमा डिजेल, पेट्रोल, लिक्विफाइड पेट्रोलियम ग्यास (एलपिजी), एभिएसन टर्बाइन फ्युल (एटिएफ) र मट्टितेल आयात गरिएको हो ।
जेनजी पुस्ताको प्रदर्शनका क्रममा भएका क्षतिको रु २२ अर्ब २५ करोड ६५ लाख बराबर बिमा दाबी पुगेको छ । नेपाल बिमा प्राधिकरणका अनुसार बिमा दाबी सबैभन्दा बढी बागमती प्रदेशमा रहेको छ ।
चाडपर्वको अवसरमा यात्रुहरूको सुरक्षासहित सहज यात्रा सुनिश्चित गर्न बैतडीमा प्रहरीद्वारा यात्रु सहायता कक्ष सञ्चालनमा ल्याइएको छ ।
‘जेनजी’ प्रदर्शनका क्रममा उत्पन्न परिस्थितिपछि कारागारबाट भागेकामध्ये हालसम्म छ हजार ९८४ कैदीबन्दीलाई फर्काइएको छ । कारागार व्यवस्थापन विभागका अनुसार अझै सात हजार ५७२ कैदीबन्दी फरार छन् ।
ऊर्जा जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङसँग उद्योगी तथा यातायात व्यवसायीले सूर्यविनायक-धुलिखेल सडकखण्ड यथाशीघ्र निर्माण सम्पन्न गराउन माग गरेका छन् ।
नेपाल-चीन जोड्ने प्रमुख दुई नाका वर्षात्का कारण अवरुद्ध हुँदा दसैँका लागि ल्याइएका हजारौँ कन्टेनरका सामान नाकामा आरोकिँदा समस्या भइरहेको व्यवसायी बताएका हुन् ।
हिउँद र बर्खाको समय भोको पेट पाल्नकै लागि रोजगारी गर्न भारतमा तथा विभिन्न सहरमा गएका बाजुराका स्थानीयवासी यति बेला भने धमाधम गाउँ फर्किंन थालेका छन् ।
सन् २०२५ को चालु शरदयाममा म्याग्दीस्थित धवलागिरि हिमाल आरोहणका लागि २४ जनाले अनुमति लिएका छन् । विश्वको सातौँ (आठ हजार १६७ मिटर) अग्लो धवलागिरि हिमाल म्याग्दीको धवलागिरि गाउँपालिका–४ मा पर्दछ ।
पश्चिम नवलपरासीको पाल्हीनन्दनमा आफ्नै घरको ट्याङ्की सफा गर्ने क्रममा एक जनाको डुबेर मृत्यु भएको छ ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित बझाङी भाषा
जेनजी समूहको आन्दोलनका कारण कार्यालय ध्वस्त भएका र कागजपत्र जलेर खरानी भएका झापाका अधिकांश पालिकाले आइतबारदेखि अति आवश्यकीय सेवा सुचारु गरेका छन् । दमक, बिर्तामोड,
नवपुस्ता अर्थात् जेनजीले भदौ २३ र २४ गते मुलुकको परिवर्तनका निम्ति गरेको शान्तिपूर्ण प्रदर्शनमा दमन हुन पुग्यो । अकल्पनीय जनधनको क्षति भयो । आन्दोलनले तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारलाई विस्थापन ग¥यो ।