• १७ चैत २०८२, मङ्गलबार

साफ महिला फुटसल : नेपाल र श्रीलङ्काको बराबरी

blog

बल खोस्ने प्रयास गर्दै नेपाल र श्रीलङ्काका खेलाडी । तस्बिर : एन्फा

काठमाडौँ, पुस ३० गते । साफ महिला फुटसल च्याम्पियनसिपको आफ्नो पहिलो खेलमा नेपालले श्रीलङ्कासँग बराबरी खेलेको छ ।

बैंककस्थित नोनथाबुरी रङ्गशालाको फुटसल एरिनामा मङ्गलबार साँझ भएको खेलमा नेपाल श्रीलङ्कासँग २–२ गोलको बराबरीमा रोकिएको हो ।

नेपालका लागि मनीषा थापामगर र विमला चौधरीले गोल गर्नुभयो । श्रीलङ्काका दागि धर्मिका सिवानेस्वरन र थरिन्दीवेल विटाले गोल गर्नुभयो । नेपालले दोस्रो खेल बिहीबार माल्दिभ्ससँग खेल्नेछ ।