राजनीति समाजको ऐना हो भनिन्छ । समाज जति सभ्य, सहिष्णु र परिपक्व हुन्छ, राजनीति पनि त्यत्तिकै उत्तरदायी र सन्तुलित
बागलुङ बजारमा सञ्चालित पानीपुरी तथा चटपट पसलले उपभोग गर्ने नहुने अखाद्य रङ मिसाउने गरेको भेटिएको छ । अनुगमनका क्रममा व्यवसायीले चटपट र पानीपुरी रंगाउन फुडकलर भन्दै अखाद्य रङ मिसाएको पाइएको हो ।
स्वास्थ्य संस्थाको पिँढीमा बसेर वडा कार्यालय सञ्चालन गरेको चार महिना बितिसकेको छ । पानी पर्दा दौडेरभित्र जाने र घाम लाग्दा बाहिर आउने गर्दै कार्यालयले सेवा प्रदान गरेको हो । पर्याप्त बस्ने स्थानको अभाव, चिसो मौसम तथा तुसारो परेको बेला पनि बाहिरै बसेर काम गर्नुपर्ने बाध्यता छ ।
राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले माघी पर्वले राष्ट्रिय एकता, धार्मिक एवं सामाजिक सद्भाव एक–अर्काको पहिचान र भिन्न संस्कृतिको सम्मानमा महत्त्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गर्नुभएको छ ।
नेपाल बैङ्क लिमिटेडको ६६ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । बैङ्क सञ्चालक समितिका अध्यक्ष प्रा.डा. डिल्लीराज शर्माको अध्यक्षतामा बैंकको ६६ औँ वार्षिक साधारण सभाले आर्थिक व
आँधीखोला गाउँपालिकाले आयोजना गरको छैटौँ राष्ट्रपति रनिङ शिल्ड– २०८२ खेलकुद प्रतियोगिताको उपाधि त्रि–शहिद माविले जितेको छ ।
नेपालका चार वटा धाम मध्येको एक धाम काली नदी किनारमा रहेको परशुराम धाममा मकर सङ्क्रान्तिमा स्नान मेला लाग्ने गरेको छ ।
दाङलगायत पश्चिमका थारू गाउँमामाघको रौनक छ । रातभरी ढुम्रु गीत गाएपछि अहिले कोही नजिकैको खोला तथा बबई नदीमा स्नान गरेर फर्किरहेका छन् भने कोही स्नानका लागि बबईतिर गइरहेका छन् ।
ताप्लेजुङको सिंवा बजारमा आमन्त्रित प्रथम माघेमेला गोल्ड कप बिहीबारबाट सञ्चालन हुँदै छ । गोल्ड कपअन्तर्गतको पुरुष फुटबल प्रतियोगिता उद्घाटन खेलमा आज आयोजक सिंवा स्पोर्टिङ क्लब र जनसेवा आदर्श स्पोर्टिङ क्लब ढुङ्गेसाँघुबिच प्रतिस्पर्धा हुँदै छ ।
सभामुख देवराज घिमिरेले माघे सङ्क्रान्ति जस्ता हाम्रा चाडपर्वले आपसी मेलमिलाप, सामाजिक सद्भाव र राष्ट्रिय एकतालाई मजबुत बनाउँदै लोकतान्त्रकि मूल्य र सहअस्तत्विको भावनालाई थप सुदृढ पार्ने विश्वास व्यक्त गर्नुभएको छ ।
देशभर विभिन्न कार्यक्रमको आयोजना गर्दै राष्ट्रिय योग दिवस मनाइँदै छ । देशभरका सार्वजनिक उद्यान, विद्यालय तथा सरकारी कार्यालयमा निःशुल्क योग तथा ध्यान शिविर सञ्चालन गरेर राष्ट्रिय योगा दिवस मनाउन लागिएको हो । बिहीबार ‘स्वस्थ समाज, समृद्ध नेपाल र विश्व शान्तिका लागि योग’ भन्ने मूल नाराका साथ देशभर विभिन्न कार्यक्रम आयोजना गरी ११ औँ राष्ट्रिय योग दिवस मनाउन लागिएको हो ।
जेनजी आन्दोलनको क्रममा गत भदौ २४ गते कास्की कारागार कार्यालय, पोखराबाट फरार भएका एक कैदीलाई प्रहरीले पक्राउ गरेको छ ।
ताप्लेजुङमा रहेको प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर (मुक्कुमलुङ) मा एक महिनामा २४ लाखभन्दा बढी भेटी सङ्कलन भएको छ । पुस महिनामा उक्त रकम बराबरको भेटी सङ्कलन भएको हो ।
समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत राजनीतिक दलले निर्वाचन आयोगमा बुझाएका बन्दसूचीबाट १८ दलका १७५ उम्मेदवारले नाम फिर्ता लिएका छन् । उम्मेदवारी फिर्ता लिएका १८ दलमध्ये दुई द
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले माघे संक्रान्ति तथा माघ पर्वको अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ । मुख्यमन्त्री आचार्यले माघे संक्रान्ति देशका विभिन्न समुदायले आ–आफ्नै परम्परा र सांस्कृतिक विधिअनुसार मनाउँदै आएको महत्वपूर्ण पर्व भएको उल्लेख गर्नुभएको छ ।