• ३० पुस २०८२, बुधबार

‘बायोमेडिसिन’ अनुसन्धानका लागि चीनको वैज्ञानिक पत्रिका सुरु

blog

बेइजिङ, पुस ३० गते । चीनले ‘बायोमेडिसिन’ क्षेत्रमा ‘विटा’ नामक नयाँ अन्तर्राष्ट्रिय वैज्ञानिक पत्रिका सन् २०२६ मा सुरु गर्न लागेको वेस्टलेक विश्वविद्यालयले शनिबार जनाएको छ । ‘विटा’ शब्द ल्याटिनबाट आएको हो, र यसको अर्थ ‘जीवन’ हो । 

पत्रिकाका मुख्य सम्पादक ली डाङशेङका अनुसार यसले बायोमेडिसिनसँग सम्बन्धित अनुसन्धान प्रकाशित गर्ने छ र विश्वभरका वैज्ञानिकको लागि खुला हुने छ । पत्रिकाको तयारी द्रुत गतिमा भइरहेको छ । पत्रिकाका लेख सन् २०२६ को पहिलो त्रैमासिकमा अनलाइन उपलब्ध हुने छन्, जबकि प्रिन्ट संस्करण जूनमा प्रकाशित हुने छ । 

वेस्टलेक विश्वविद्यालयका अध्यक्ष शी यिगोङ्गले भन्नु भयो, “चीन नेतृत्वमा विश्वस्तरीय वैज्ञानिक पत्रिका स्थापना गर्नु आवश्यक र तत्काल जरुरी छ ।” विटा पत्रिकाले कडा मापदण्ड अपनाएर अनुसन्धान प्रकाशित गर्ने छ र विश्वसनीय जानकारी दिने छ । यो पत्रिका हायर एजुकेशन प्रेस र वेस्टलेक विश्वविद्यालयको सह-स्थापना हो र लाइफ साइन्स ओपन एलायन्ससँग साझेदारीमा सञ्चालन हुने छ । रासस/सिन्ह्वा