शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
अनिल पराजुली
हेटौँडा, पुस ३० गते । तामाङ समुदायको बाहुल्यता रहेको पूर्वी मकवानपुरको बकैया गाउँपालिकाले सोनाम ल्होछार पर्वको अवसरमा तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
गाउँपालिकाले बुधबार जारी गरेको सूचनामा माघ ३, ४ र ५ गते स्थानीय बिदा दिने भएको हो । सो अवधिमा गाउँपालिकाका सबै वडा कार्यालय, स्वास्थ्य संस्था तथा शैक्षिक संस्थाहरू बन्द हुने सूचनामा उल्लेख छ ।
पालिकाका प्रमुख प्रशासकीय अधिकृत बिनोद पोखरेलले हस्ताक्षर गर्नुभएको सूचनामा मञ्जुश्री संवत २८६२ ता ल्हो (घोडा वर्ग) सोनाम ल्होछारको शुभकामना समेत व्यक्त गरिएको छ ।
