मुक्तिनाथ समाचारदाता
मुक्तिनाथ (मुस्ताङ), पुस ३० गते । चीनको स्वशासित क्षेत्र तिब्बतको सिमाना कोरलाको नाका भएर ल्याउँदै गरेको ठुलो परिमाणको विद्युतीय विद्युतीय चुरोट बोकेको कन्टेनरसहित चालक पव्रmाउ परेका छन् ।
नेपाल–चीन जोड्ने उत्तरी कोरला नाकास्थित दशगजा क्षेत्रबाट १६ हजार थान विद्युतीय चुरोट आउँदै गरेको कन्टेनरलाई मुस्ताङ भन्सार कार्यालय, इलाका प्रहरी कार्यालय र सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट नेचुङबाट खटिएको टोलीले नियन्त्रणमा लिएको हो ।
नेचुङ–लिजी नाका हुँदै बाहिरिएको कन्टेनरलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी निरीक्षक सन्तोष बस्यालले बताउनुभयो । बस्यालका अनुसार कन्टेनरभित्र अन्य सामानसमेत रहेको छ, थप अनुसन्धान भइरहेको छ । कोरला नाकाबाट चिनियाँ क्षेत्रमा प्रवेश गर्ने नाकामा नजिकै रहेको ना. ६ ख ७५९१ नम्बरको कन्टेनरमा राखिएको ८० कार्टुन चुरोटसहित सिन्धुपाल्चोक जिल्ला सुनकोशी गाउँपालिका–५ का पेमा लामालाई नियन्त्रणमा लिइएको प्रहरीले बताएको छ । नाका क्षेत्रमा रोकिएको कन्टेनर बिग्रिएको अवस्थामा रहेको छ ।
चिनियाँ क्षेत्रबाट लुकीछिपी भित्रिएको कन्टेनरसम्म ल्याउने चालकका बारेमा समेत खोजी सुरु भएको छ । नाकाबाट चिनियाँ भन्सार कार्यालयमा मुस्ताङ जिल्लाका बाहेक अन्य जिल्लाका चालक प्रवेश गर्न पाउँदैनन् । नियन्त्रणमा लिइएको चालकबाट थप अनुसन्धान भइरहेकोसमेत प्रहरीले जनाएको छ । चिनियाँ नाकाबाट बाहिरिएको सामानसहितको कन्टेनरमा राखिएको सूचनाका आधारमा निगरानी गरिएको थियो ।
सशस्त्र प्रहरी बल नेपाल नेचुङबाट सशस्त्र प्रहरी नायब निरीक्षक उदयबहादुर कुमालसहित खटिएको टोलीले बरामद गरेको सामान भन्सार कार्यालयमा बुझाइएको छ । भन्सार कार्यालयका अनुसार कन्टेनरभित्र अन्य सामानसमेत रहेको छ । यसअघि २०८१ पुस महिनामा समेत मुस्ताङबाट १९ हजार थान विद्युतीय चुरोट बरामद गरेपछि नाकामा कडाइ भएको थियो ।
चिनियाँ नाकबाट चोरीपैठारी हुने विद्युतीय चुरोटलाई नेपाल हुँदै भारतसम्म लैजाने गरिन्छ । १८६ किलोमिटर दुरीको कोरला सडकबाट छिमेकी जिल्ला म्याग्दी हुँदै राष्ट्रि«य राजमार्गमा जोडिन्छ । भारत र चीन जोड्ने सबैभन्दा छोटो ४३५ किलोमिटर दुरी रहेको छ ।
कोरला नाका, तातोपानी, रसुवा भन्सार कार्यालयबाट भित्रिने अवैध विद्युतीय चुरोटसम्बन्धी विगतमा गरिएको अनुसन्धानमा भरिया भेटिए पनि अन्तिम स्थान भारतीय सीमा क्षेत्र रहेको बयान दिने गरेका थिए ।
चिसो मौसमको माथिल्लो क्षेत्रमा चहलपहल कम हुने मौका छोपी निकासी–पैठारीमा हुने अवैध गतिविधिलाई रोक्न भन्सार कार्यालयसमेत सक्रिय रहेको छ । नाकाबाट भन्सार कार्यालयसम्मको १४ किलोमिटर सडक क्षेत्रमा हुने अवैध गतिविधि निगरानीमा सुरक्षा निकायसँगै स्थानीय जनप्रतिनिधिले समेत सव्रिmयता देखाएका छन् ।