पसिना बगाएर माटोमा सुन फलाउने कृषक र आर्थिक समृद्धिको जग बसाल्ने उद्यमीहरूलाई तनहुँ उद्योग वाणिज्य सङ्घले सम्मान गरेको छ ।
नेपालमा शङ्कास्पद वित्तीय कारोबार तथा गतिविधि अघिल्लो आर्थिक वर्षको तुलनामा करिब ३० प्रतिशतले वृद्धि भएको छ । नेपाल राष्ट्र बैङ्क अन्तर्गतको वित्तीय जानकारी एकाइले सार्वजनिक गरेको आव २०८१/८२ को वार्षिक प्रतिवेदनले यस्तो देखाएको हो ।
मकवानपुरको राक्सिराङ गाउँपालिकाले तामाङ समुदायको पर्व सोनाम ल्होछारको अवसरमा दुई दिन सार्वजनिक बिदा दिने भएको छ ।
उदयपुरको चौदण्डीगढी नगरपालिकाले भूमिहीन दलित तथा भूमिहीन सुकुमवासी र अव्यवस्थित बसोबासीलाई जग्गाको हक कायम गरी भोगाधिकार दर्ताको प्रमाणपुर्जा वितरण गरेको छ । वडा नं.
नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४४ रुपियाँ ०१ पैसा र बिक्रीदर १४४ रुपियाँ ६१ पैसा तोकिएको छ ।
नेपाल विद्युत् प्राधिकरणले आज काठमाडौँका विभिन्न स्थानमा विद्युत् कटौती हुने जनाएको छ । प्राधिकरणले सूचना प्रकाशित गरी महाराजगञ्ज वितरण केन्द्रअन्तर्गतका विभिन्न तीन वटा फिडरमा विद्युत् कटौती हुने जनाएको हो ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फको बन्दसूचीबाट कूल १७५ जना उम्मेदवारले नाम फिर्ता लिएका छन् ।
वैदेशिक रोजगार विभागले रोजगारीका लागि इराकमा काम गरेर आधिकारिक आवासीय कार्ड ‘भ्यालिड रेसिडेन्सी कार्ड’ प्राप्त गरेका नेपाली श्रमिकलाई श्रम स्वीकृति दिन थालेको छ ।
लामो समयसम्म निर्माण व्यवसायीको लापरबाहीका कारण विस्तार हुन नसकेको अरनिको राजमार्ग अन्तर्गत धुलिखेल–खावा सडकखण्डको पुनर्निर्माणले गति लिएको छ ।
देशभर पाँचदेखि १७ वर्ष उमेर समूहका सात लाख ७० हजार बालबालिका विद्यालयबाहिर छन् । ती बालबालिकामध्ये ५० प्रतिशत बालबालिका कहिल्यै विद्यालयै गएका छैनन् भने बाँकी ५० प्रतिशत बालबालिकाले बिचैमा विद्यालय छाड्ने गरेका छन् ।
मधेश प्रदेशको मुख्य न्यायाधिवक्ता पदमा सर्लाही जिल्ला ईश्वरपुर नगरपालिका १४ निवासी डा. सुनिलरञ्जन सिंह नियुक्त हुनुभएको छ ।
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले नयाँ जनादेशबाट मुलुकको समृद्धिको यात्रा अघि बढने बताउनुभएको छ । मङ्गलबार टीकापुर उद्योग वाणिज्य सङ्घको आयोजनामा सुरु भएको टीकापुर महोत्सव २०८२ को उद्घाटन गर्दै मुख्यमन्त्री शाहले यस्तो बताउनुभएको हो ।
नेपाल सद्भावना पार्टी र आम जनता पार्टीबीच औपचारिकरूपमा पार्टी एकीकरण भएको छ । रामकुमार महतो नेतृत्वको नेपाल सद्भावना पार्टी र प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा) बीच मङ्गलबार धनुषाको महेन्द्रनगरमा आयोजित एक समारोहका बीच एकीकरण घोषणा गरिएको हो ।
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले विशेष महाधिवेशबाट आफूलाई पद नचाहिएको बताउनुभएको छ ।
नेपाली कांग्रेसका नेता श्यामकुमार घिमिरेले पार्टीमा पछिल्लो समय देखिएको विवाद समाधानका लागि नेताहरूबीच छलफल र वार्ता सकारात्मक रूपमा अघि बढेको बताउनुभएको छ।