भक्तिविलास पोखरेल
गाईघाट (उदयपुर), पुस ३० गते । उदयपुरको चौदण्डीगढी नगरपालिकाले भूमिहीन दलित तथा भूमिहीन सुकुमवासी र अव्यवस्थित बसोबासीलाई जग्गाको हक कायम गरी भोगाधिकार दर्ताको प्रमाणपुर्जा वितरण गरेको छ । वडा नं. ६ को सिर्वानीमा आयोजित एक कार्यव्रmममा नगरप्रमुख कालुमान लामाले भूमिहीन दलित र अव्यवस्थित बसोबासीलाई जग्गाको भोगाधिकार प्रमाणपत्र वितरण गर्नुभएको हो । सो अवसरमा नगरप्रमुख लामाले राज्यमा पटक पटक आयोग गठन र विघटन गर्दै जाने तथा राज्य कोषको अर्बौं रकम खर्च भए पनि अहिलेसम्म अव्यवस्थित बसोबासीले समेत जग्गाधनी प्रमाणपुर्जा प्राप्त गर्न सकेको अवस्थामा चौदण्डीगढी नगरपालिकाले भने आयोग विघटन भए पनि आफ्नो सव्रिmयता बढाएर अब भूमिहीन सुकुमवासीलाई भोगाधिकारको पुर्जा वितरण गर्न सुरु गरेको बताउनुभयो ।
सरकार फेरिएपिच्छे राष्ट्रिय भूमि आयोग गठन र विघटन हुने गरेपछि भूमिहीन, दलित सुकुमवासीले जग्गाधनी प्रमाणपुर्जा समयमा प्राप्त गर्न नसकिरहेको अवस्थामा स्थानीय सरकार प्रमुखको हैसियतले प्रचलित कानुन अनुसार चौदण्डीगढी नगरपालिकाले भने प्रव्रिmया पूरा भएका ७५ परिवारलाई भोगाधिकारको पुर्जा वितरण गरेको नगरप्रमुख लामाले बताउनुभयो ।
नगरप्रमुख लामाले अब यो कार्यलाई निरन्तर अगाडि बढाउने र आफ्नो नगरपालिकाका करिब १० हजार परिवारलाई भोगाधिकारको पुर्जा बाँड्न पाउँदा मात्रै आपूmलाई खुसीको महसुस हुने र अहिले यति सानो सङ्ख्यामा पुर्जा वितरण गर्नुपर्दा आफू खासै सन्तुष्ट नभएको जिकिर गर्नुभयो । उहाँले भन्नुभयो, “नगरका तर्फबाट कानुनसम्मत गर्न सक्ने आवश्यक रकम विनियोजन गरेर समयमा आफ्ना नगरवासीलाई जग्गाको भोगाधिकारको निःशुल्क पुर्जा वितरण गर्न सुरु गरिएको हो ।”
भूमि आयोगबाट हुने काम अति नै ढिलासुस्ती हुने गरेको र यसबाट विगत लामो समयदेखि थाती रहेको जनताको जग्गासम्बन्धी समस्या जस्ताको तस्तै रहेकाले अब स्थानीय सरकारले नापजाँच र सर्जमिन मुचुल्कासमेत गरेर कित्ताकाँट भएका जग्गाको नगरपालिकामा मोठ कायम गरेर अभिलेख राखी सम्बन्धित व्यक्तिविशेषका जग्गा सम्बन्धित मोहीलाई वितरण गर्न कुनै कसुर बाँकी नराखिने नगरप्रमुख लामाले बताउनुभयो ।
नगरप्रमुख लामाले नगरपालिकाले गर्दै आएको भूमिसम्बन्धी नापजाँचको काम निरन्तर रहनेसमेत बताउनुभयो । चौदण्डीगढी नगरपालिकामा छ हजार ७७७ बिघा जग्गा नापजाँच गरिएको र मङ्गलबारदेखि भोगाधिकारको पुर्जा वितरण गर्न सुरु गरिएको र यति ठुलो परिमाणमा यो काम सम्भवतः ७५३ वटा पालिकामध्ये चौदण्डीगढीले नै पहिलो पटक गरेको हुन सक्ने उपप्रमुख मणिकादेवी दुलालले बताउनुभयो ।