काठमाडौँ, पुस ३० गते । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४४ रुपियाँ ०१ पैसा र बिक्रीदर १४४ रुपियाँ ६१ पैसा तोकिएको छ ।
यस्तै, युरोपियन युरो एकको खरिददर १६८ रुपियाँ ०३ पैसा र बिक्रीदर १६८ रुपियाँ ७३ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९४ रुपियाँ र बिक्रीदर १९४ रुपियाँ ८१ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८० रुपियाँ ३८ पैसा र बिक्रीदर १८१ रुपियाँ १४ पैसा कायम गरिएको छ ।
अस्ट्रेलियन डलर एकको खरिददर ९६ रुपियाँ ४७ पैसा र बिक्रीदर ९६ रुपियाँ ८७ पैसा, क्यानेडियन डलर एकको खरिददर १०३ रुपियाँ ७३ पैसा र बिक्रीदर १०४ रुपियाँ १७ पैसा, सिङ्गापुर डलर एकको खरिददर १११ रुपियाँ ८७ पैसा र बिक्रीदर ११२ रुपियाँ ३४ पैसा तोकिएको छ ।
जापानी येन १० को खरिददर नौ रुपियाँ ०६ पैसा र बिक्रीदर नौ रुपियाँ १० पैसा, चिनियाँ युआन एकको खरिददर २० रुपियाँ ६४ पैसा र बिक्रीदर २० रुपियाँ ७३ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३८ रुपियाँ ४० पैसा र बिक्रीदर ३८ रुपियाँ ५६ पैसा, कतारी रियाल एकको खरिददर ३९ रुपियाँ ४० पैसा र बिक्रीदर ३९ रुपियाँ ५६ पैसा कायम भएको छ ।
केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपियाँ ५८ पैसा र बिक्रीदर चार रुपियाँ ६० पैसा, युएई दिराम एकको खरिददर ३९ रुपियाँ २१ पैसा र बिक्रीदर ३९ रुपियाँ ३७ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३५ रुपियाँ ४९ पैसा र बिक्रीदर ३५ रुपियाँ ६४ पैसा, साउथ कोरियन वन १०० को खरिददर ९ रुपियाँ ७७ पैसा र बिक्रीदर ९ रुपियाँ ८१ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १५ रुपियाँ ६९ पैसा र बिक्रीदर १५ रुपियाँ ७६ पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रुपियाँ ४९ पैसा र बिक्रीदर २२ रुपियाँ ५८ पैसा तोकिएको छ ।
राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १८ रुपियाँ ४६ पैसा र बिक्रीदर १८ रुपियाँ ५३ पैसा, कुवेती दिनार एकको खरिददर ४७० रुपियाँ ९३ पैसा र बिक्रीदर ४७२ रुपियाँ ८९ पैसा, बहराइन दिनार एकको खरिददर ३८२ रुपियाँ र बिक्रीदर ३८३ रुपियाँ ६० पैसा, ओमनी रियाल एकको खरिददर ३७४ रुपियाँ ०५ पैसा र बिक्रीदर ३७५ रुपियाँ ६१ पैसा रहेको छ । भारतीय रुपियाँ एक सयको खरिददर १६० रुपियाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा तोकिएको छ ।
राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ । रासस