• ३० पुस २०८२, बुधबार

मेरो देश नेपाल’ सार्वजनिक

blog

काठमडौँ (गोरखापत्र), पुस ३० गते । गायक चेतन राईको स्वर तथा सङ्गीत रहेको गीत ‘मेरो देश नेपाल’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । राजाराम पौडेलले रचना गर्नुभएको देशप्रति माया झल्काउने गीतको म्युजिक भिडियोमा प्रवीण पुरी, सागर बसेल, अनिता पराजुली, समीक्षा पौडेल, रिता अछामी र सुमी लामा र गायक राई स्वयम्को अभिनय रहेको छ । गीतमा बालकलाकार चिरायुविक्रम राई र चाहना राईले पनि अभिनय गर्नुभएको छ ।

भिडियोको छायाङ्कन सविन तिमल्सिना र  ड्रोन छायाङ्कन योगराज विश्वकर्माले गर्नुभएको छ । राईकै निर्देशनमा बनेको यस म्युजिक भिडियोको सम्पादन तथा रङ संयोजन राज धामीले गर्नुभएको हो । सहायक निर्देशन प्रवीण पुरीले र एरेन्ज सबिर कार्कीले गर्नुभएको हो ।