• ३० पुस २०८२, बुधबार

साहित्यकार अधिकारीको निधन

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, पुस ३० गते  । नेपाली साहित्यको समीक्षा समालोचनामा प्रखर साहित्यकार तथा पत्रकार अच्युतरमण अधिकारीको निधन भएको छ । उहाँको सोमबार अपराह्न अनामनगरस्थित आफ्नै निवासमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ । 

७४ वर्षीय उहाँ अल्जाइमर्सबाट पीडित हुनुहुन्थ्यो । पछिल्लो समय उहाँमा स्नायुसम्बन्धी समस्या पनि देखिएको साहित्यकार युवराज नयाँघरेले जानकारी दिनुभयो । उहाँले लामो समयसम्म ‘उन्नयन’ त्रैमासिकको सम्पादन तथा प्रकाशन गर्नुभएको थियो । उहाँका अनुसार उन्नयन पत्रिकाले ऋद्धिबहादुर मल्ल विशेषाङ्क, मदनमणिलगायतका महìवपूर्ण अङ्क प्रकाशित गर्ने काम गरेको थियो । यी अङ्कले नै पत्रकारितामा अधिकारीको विशेष पहिचान झल्काउने काम गरेको उहाँले बताउनुभयो । 

उहाँले थप्नुभयो, “साहित्यिक पत्रकारिताका अतिरिक्त उहाँले लामो समय समालोचना, निबन्ध, समीक्षा र विशेष व्यक्तित्वको जीवनीसँग जोडिएका अङ्कको संयोजन गर्ने काम पनि गर्नुभयो । जुन नयाँ पुस्ताका लागि अनुकरणीय कार्य हो । उहाँका ‘विवेचनै विवेचना’ समालोचनासङ्ग्रह प्रकाशित छन् । त्यसबाहेक निबन्ध, कविता र गीत पनि लेख्नुभएको छ । उहाँले लामो समय पद्मकन्या क्याम्पसमा प्राध्यापन पनि गर्नुभयो । उहाँको पशुपतिस्थित आर्यघाटमा सोमबार नै अन्त्येष्टि गरिएको छ ।