बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले चाडपर्वहरूले सुसंस्कृत समाज निर्माणमा मद्दत गर्ने बताउनुभएको छ ।
शैक्षिक क्षेत्र अशान्त हुँदा त्यसको तत्कालीन मात्र होइन, दीर्घकालीन असरसमेत पर्ने छ । एक दिन विद्यालय बन्द हुँदा भविष्यका कर्णधार विद्यार्थीको अध्ययन गर्ने मनस्थितिमै प्रतिकूल
सप्तरीको राजविराज नगरपालिकामा बेवारिसे अवस्थामा फेला परेका एक पुरुषको उपचारका क्रममा मृत्यु भएको छ ।
केन्द्रीकृत राज्य सतहबाट हुन सक्दैन भन्ने आवाज २००७ सालतिरबाटै उठेको हो । जहानियाँ राणाशासनको पतन र लोकतान्त्रिक शासनको प्रारम्भिक यात्रासँगै नेपाल तराई कांग्रेसले विसं २०
१०० वर्ष अघिको गोर्खापत्र
चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमास (साउनदेखि असोजसम्म) मा मुलुकको अर्थतन्त्रले ३.०२ प्रतिशतले वृद्धिदर हासिल गर्ने प्रक्षेपण गरिएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले बुधबार पहिलो त्रैमासिक राष्ट्रिय लेखा तथ्या
म्याग्दीका उत्कृष्ट महिला उद्यमीलाई सम्मान गरिएको छ । बेनीमा सुरु भएको ११ औं माघेसङ्क्रान्ति मेलाको अवसरमा उद्यमशिलतामा पहिचान बनाउन सफल उत्कृष्ट सातजना महिला उद्यमीहरुलाई नगदसहित सम्मान गरिएको हो ।
हिमाली जिल्ला हुम्लामा हिउँदयाम सुरु भएसँगै वनजङ्गलमा आगलागीका घटनाहरू बढ्दै गएका छन् । हालसम्म वर्षा तथा हिमपात नभएकाले सुख्खा र खडेरीका कारण आगलागीका घटना वृद्धि भएको हो ।
२५ औं सशस्त्र प्रहरी दिवस २०८२ तथा रजत महोत्सवको अवसरमा संचालन गरिएको “पूर्व–पश्चिम झण्डा मार्च” कार्यक्रमअन्तर्गत सशस्त्रको टोली कपिलवस्तु आइपुगेको छ । सशस्त्रको टोली कपिलवस्तुको बिजयनगर गाउपालिका वडा नम्बर ५ स्थित ठकुरापुरमा रहेको सिमा स्तम्भ नम्बर ५७८.४ मा पुगेको हो ।
गुल्मीको कालीगण्डकी गाउँपालिकाले आयोजना गरेको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा जीवनोद्वार माध्यमिक विद्यालय प्रथम भएको छ ।
बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले चाडपर्वहरू खुशी र समृद्ध जीवनका आधार भएको बताउनुभएको छ । माघे सङ्क्रान्ति एवम् माघी पर्व–२०८२ को अवसरमा बिहीबार शुभकामना सन्देश जारी गर्दै उहाँले चाडपर्वहरूमा नेपाली समाजको मौलिकता र विशिष्टता झल्किने उल्लेख गर्नुभयो ।
सप्तरीको राजविराज नगरपालिकामा एक बालिका मृत अवस्थामा फेला परेको छ ।नगरपालिकाको वडा नम्बर १४ पर्साही स्थित नहरको पुलमुनी दुई महिनाको बालिका मृत अवस्थामा फेला परेको हो ।
राजनीति समाजको ऐना हो भनिन्छ । समाज जति सभ्य, सहिष्णु र परिपक्व हुन्छ, राजनीति पनि त्यत्तिकै उत्तरदायी र सन्तुलित
बागलुङ बजारमा सञ्चालित पानीपुरी तथा चटपट पसलले उपभोग गर्ने नहुने अखाद्य रङ मिसाउने गरेको भेटिएको छ । अनुगमनका क्रममा व्यवसायीले चटपट र पानीपुरी रंगाउन फुडकलर भन्दै अखाद्य रङ मिसाएको पाइएको हो ।
स्वास्थ्य संस्थाको पिँढीमा बसेर वडा कार्यालय सञ्चालन गरेको चार महिना बितिसकेको छ । पानी पर्दा दौडेरभित्र जाने र घाम लाग्दा बाहिर आउने गर्दै कार्यालयले सेवा प्रदान गरेको हो । पर्याप्त बस्ने स्थानको अभाव, चिसो मौसम तथा तुसारो परेको बेला पनि बाहिरै बसेर काम गर्नुपर्ने बाध्यता छ ।