जेनजी आन्दोलनका क्रममा भएको क्षति पुन:निर्माणका लागि कपुरकोट गाउँपालिकाले दुई लाख रुपियाँ सहयोग गर्ने भएको छ।
संस्कृतमा आचार्य उत्तीर्ण गरेर बेरोजगार रहनुभएका बैतडीका आचार्य कृष्ण दमाईले नोकरी पाउनुभएको छ । उहाँलाई धनगढी उपमहानगरपालिकाले समावेशी शिक्षा सहजकर्तामा नियुक्ति गरेको छ ।
प्रधानमन्त्री सुशीला कार्कीले आज बिहीबार राष्ट्रका नाममा सम्बोधन गर्नुहुने भएको छ ।
कर्णाली प्रदेश प्रहरी अस्पताल वीरेन्द्रनगर सुर्खेत र नेपाल प्रहरी श्रीमती सङ्घ कर्णाली प्रदेशले कारागारका कैदीबन्दीको स्वास्थ्य परीक्षण गरेको छ ।
मुस्ताङबाट यसबर्ष ३६ करोडभन्दा बढी मूल्य बराबरको भेडा च्याङ्ग्राको व्यापार भएको छ । दशैंका लागि मुस्ताङको लो–घेकर दामोदरकुण्ड, लोमान्थाङ गाउँपालिका, वारागुङ मुक्तिक्षेत्र गाउँपालिकासहित जिल्ला भित्रका किसानले पालेका र कर्णाली प्रदेशको डोल्पा, मुगु र हुम्ला जिल्लाबाट ल्याइएको भेडाच्याङ्ग्राबाट ३६ करोड ५० लाख रुपियाँको हाराहारीमा कारोबार भएको छ ।
जेनजी आन्दोलनका क्रममा पूर्णरूपमा क्षति भएका कार्यालयलाई सेवा सञ्चालनका लागि सामग्री जुट्न थालको छ । विभिन्न संघ संस्थाहरुले सामग्री हस्तान्तरण सुरु गरेका छन् ।
जिल्ला प्रहरी कार्यालय गुल्मी अन्तर्गत रहेको इलाका प्रहरी कार्यालय रिडीमा प्रहरी पुस्तकालय स्थापना गरिएको छ ।
बाजुराका महिलालाई धान काट्ने चटारो परेको छ ।
जिल्लामा रेबिज रोकथामको लागि खोप अभियान सञ्चालन गरिएको छ । प्राणघातक रेबिज रोग निन्यन्त्रण तथा रोकथामका लागि साप्ताहिक खोप अभियान सञ्चालन गरिएको हो ।
उत्तरपश्चिम भेनेजुएलामा बुधबार राति ६.३ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भूगर्भीय सर्वेक्षण (युएसजिएस) ले जनाएको छ ।
सुनसरीस्थित झुम्का कारागारबाट फरार भएका दिपेन लिम्बू सङ्खुवासभामा पक्राउ परेका छन् ।प्रहरीका अनुसार बिहीबार बिहान करिब ५ बजे गोप्य सूचनाका आधारमा मादी नगरपालिका–३ जिमी गाउँमा उनको घरमा छापा मारेको थियो ।
विश्वभरिका नेपालीहरूको मन जित्न सफल मोबाइल एप हाम्रो पात्रोले अमेरिकाबाट नेपाल पैसा पठाउने सेवा ‘हाम्रो पात्रो रेमिट’ पुनः सुरु गरेको छ।
बुटवल — नारायणगढ सडकखण्डको सबैभन्दा चुनौतीपूर्ण मानिने नवलपरासीको दाउन्ने खण्डमा दसैँ अवधिभर यात्रुलाई सास्ती हुन नदिन विशेष तयारी गरिएको छ ।
चाडपर्वलाई लक्षित गरी सप्तरीको राजविराजमा बजार अनुगमन तीव्र पारिएको छ । जिल्ला प्रशासन कार्यालय सप्तरीको नेतृत्वमा स्थानीय सरोकारवाला कार्यालयको प्रतिनिधिसहितको टोलीले अनुगमन तीव्र पारेको हो ।
सुदूरपश्चिमको अपि हिमाल क्षेत्रमा प्रोफेसनल माउन्टेन गाइड तालिम सम्पन्न भएको छ । गत साता सम्पन्न तालिममा १४ जना प्रशिक्षार्थी रहनुभएको तालिमका प्रमुख प्रशिक्षक सञ्जिव गुरुङले बताउनुभयो ।