व्यास नगरपालिका–१ भादगाउँ खानेपानी तथा उपभोक्ता संस्था र नेपाल सरकारको लगानीमा निर्माण भइरहेको मादी नदी लिफ्ट खानेपानी आयोजना धमाधम अघि बढाइएको छ।
रौतहटका उखु किसानले बिहिबार अनुदानको रकम प्राप्त गरेका छन् ।
देशभरिका सहरबाट जन्मथलोतिर दशैं मनाउन जानेको लर्को लागिरहेका बेला मनाङ सुनसान बन्दैगएको छ । गत वर्षहरुमा यति बेला पर्यटकले खचाखच हुने मनाङमा जेनजी आन्दोलको असर पर्यटनमा पर्दा सुनसान बन्दैगएको हो ।
भौतिक पूर्वाधार तथा यातायातमन्त्री मन्त्री कुलमान घिसिङले जेनजी आन्दोलनका क्रममा क्षति भएका भौतिक संरचनाका पुनःनिर्माणको अभियानमा सबैलाई साथ दिन आह्वान गर्नुभएको छ ।
दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बुधबार राति भएको खेलमा भारतले बङ्गलादेशलाइ ४१ रनले हरायो । भारतले सुपर चारमा लगातार दोस्रो जित निकालेको हो ।
भीरकोट नगरपालिकाले चाडपर्व लक्षित बजार अनुगमन गरेको छ । अनुगमनका क्रममा कैफियत देखिएपछि १३ वटा खाद्यान्न पसल कारबाहीमा परेका छन् ।
जेनजीको आन्दोलनमा मालपोत कार्यालय सप्तरीको संरचना जोगाउन योगदान गरेका व्यक्तिहरूलाई कार्यालयले बिहीबार एक कार्यक्रमको आयोजना गरी धन्यवादपत्र प्रदान गर्दै सम्मान गरेको छ ।
राष्ट्रपति कार्यालयका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार आयोगका अध्यक्ष देवराज विश्वकर्माले राष्ट्रपति कार्यालयमा आयोजित कार्यक्रममा बिहीबार राष्ट्रपतिसमक्ष प्रतिवेदन पेश गर्नुभएको हो।
चीनले पहिलो पटक विशेष उत्सर्जन कटौतीको प्रतिज्ञा सार्वजनिक गरेको छ । सो अनुसार सन् २०३५ सम्ममा ग्रह-ताप बढाउने हरितगृह ग्यास सातदेखि १० प्रतिशतले मात्र घटाउने लक्ष्य राखिएको छ । तर यो लक्ष्यलाई विश्लेषकहरूले निकै कम भनेका छन् ।
चीन भ्रमणमा रहेका अमेरिकी कंग्रेसको प्रतिनिधिमण्डल प्रमुखले बिहीबार प्रशान्तपारिका दुवै देशका कम्पनीलाई कठिनाइमा पारेको अमेरिका-चीन व्यापार द्वन्द्व समाधानका लागि अझ धेरै काम गर्नुपर्ने बताएका छन् ।
चीनले अब विश्व व्यापार सङ्गठन (डब्लुटिओ) सम्झौतामा विकासोन्मुख देशका लागि दिइने विशेष सुविधा नचाहेको घोषणा गरेको छ ।
इलामको सूर्योदय नगरपालिकाको फिक्कल बजारमा चाडपर्वलाई लक्षित गरी बजार अनुगमन गरिएको छ । बिहीबार फिक्कल बजारमा सञ्चालित ११ वटा किराना पसलमा अनुगमन गर्दा ४१ प्रकारका ६१ हजार नौसय २५ रुपियाँ बराबरको अखाद्य बस्तु जफत गरिएको हो ।
मध्यनेपाल नगरपालिका वडा ६ भोर्लेटारको दोभानडाँडाबाट देखिएको मनास्लु हिमाल ।
रासायनिक मल आपूर्ति भएपछि तनहुँ र लमजुङका किसानले मल अभावको समस्या व्यहोर्नु नपर्ने भएको छ। विगतमा मलको अभावले गर्दा किसानले समयमै बाली लगाउन कठिनाइ खेप्नु परेको थियो। चालु आर्थिक वर्षमा माग अनुसारको मल आएकोले सहज भएको छ।
कैलालीको गोदावरी नगरपालिका –४ चुनेपानीस्थित लक्ष्मीनारायण मन्दिर बगैँचाको कुुटीमा बस्दै आउनुभएका ७८ वर्षीय साधु रामनारायण डङ्गौराको कुटीमै हत्या भएको बताइएको छ ।