प्रधानमन्त्री सुशीला कार्कीले व्यापारिक प्रतिष्ठानको सुरक्षालाई सरकारले प्राथमिकता दिनुभएको छ ।
‘जेनजी’ आन्दोलनपछि गठित अन्तरिम सरकारको नेतृत्व गर्नुभएकी प्रधानमन्त्री कार्कीले पहिलो पटक राष्ट्रका नाममा सम्बोधन गर्नुभएको हो ।
नेपाल बुद्धिचाल महासङ्घ र रसियाको मस्को क्षेत्रीय चेस महासङ्घबिच बुद्धिचाल खेलको विकासका लागि ६ बुँदे समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
आगामी फागुन २१ गते सम्पन्न हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको मिति घोषणा भएपछि स्थगित भएको मतदाता नामावली सङ्कलन कार्य पुनः सुरु हुने भएको छ।
सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलसँग नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत डिन आर. थम्पसनले शिष्टाचार भेट गर्नुभयो ।
म्यानचेस्टर सिटी, आर्सनल र टोट्टनहाम इएफएल (काराबाओ) कपको चौथो चरणमा पुगेको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल आसपास क्षेत्रमा चङ्गा, ड्रोन तथा बेलुन उडाउनेलाई कारबाही गर्ने भएको छ ।
पश्चिम बागलुङको गलकोट नगरपालिकास्थित कोतघर पुननिर्माण गरिएको छ । घटस्थापनादेखि कोतघरमा चहलपहल सुरु भएको छ । चौबिसेमध्येको गलकोट राज्यको केन्द्र रहेको कोतघरमा फूलपातीदेखि भक्तजन र पर्यटकको घुइँचो लाग्नेगर्छ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ, सहरी विकास मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा देखिएका ढिलासुस्ती, मोलमोलाहिजा र भ्रष्टाचारजन्य गतिविधि रोकथामका लागि हटलाइन नम्बर सञ्चालनमा ल्याइएको छ ।
प्रदेश समन्वय परिषद् बैठकको माग गर्दै बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई ज्ञापनपत्र बुझाइएको छ । गाउँपालिका राष्ट्रिय महासंघ नेपाल, नेपाल नगरपालिका संघ र जिल्ला समन्वय समिति महासंघ बागमती प्रदेश समितिले बिहीबार मुख्यमन्त्री बानियाँलाई ज्ञापनपत्र बुझाएको हो ।
नेपालमा छेपारोका दुई नयाँ प्रजाति फेला परेका छन् । संक्षणकर्मीको एक टोलीले मकवानपुर र सिन्धुलीमा छेपारोका नयाँ प्रजाति फेला पारेका हुन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार बैठक सकिए लगत्तै प्रधानमन्त्री कार्कीले राष्ट्रका नाममा सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
धनकुटाको छथरजोरपाटी गाउँपालिका –६ स्थित सिंधुवामा चाडपर्वलक्षित बजार पसल अनुगमन गरिएको छ । बिहीबार सिंधुवा बजर क्षेत्रका करिब एक दर्जनभन्दा बढी किराना तथा खुद्रा पसल अनुगमन गरिएको छ ।
भौतिक पूर्वाधार तथा यातायत मन्त्रालयले बिहीबार रातिसम्म मुग्लीन नारायणगढ सडकखण्डको तुइन खोला नजिक झरेको पहिलो हटाएर आवागमन सहज बन्ने बताएको छ।
नेपाली राष्ट्रिय महिला फुटबल टोलीको मुख्य प्रशिक्षकमा नवीन न्यौपाने नियुक्त हुनुभएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले बिहीबार नविनलाई प्रशिक्षकमा नियुक्त गरेको हो ।