• १ माघ २०८२, बिहिबार

सवारी दुर्घटनामा दुई जनाको मृत्यु, ११ घाइते

blog

भद्रपुर (झापा), माघ १ गते ।कनकाई नगरपालिका–३, नयाँ बस्तीस्थित पूर्व–पश्चिम लोकमार्गमा आज बिहान भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने अन्य ११ जना घाइते भएका छन् ।

बिर्तामोडबाट माईधारतर्फ गइरहेको मे. १ च. ४५१५ नम्बरको मालबाहक गाडी र माईधारबाट बिर्तामोडतर्फ आइरहेको ना. ५ ख. २१४९ नम्बरको बस एकआपसमा ठोक्किँदा पिकअपमा सवार भद्रपुर नगरपालिका-८ की ४० वर्षीया सुष्मा राजवंशी उहाँका १८ महिनाका  छोरा आरुत राजवंशीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले  जानकारी दिनु भयो ।

घाइतेहरूको बिर्तासिटी र बि एन्ड सी अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्ये केहीको अवस्था गम्भीर छ । दुर्घटनापछि फरार बस चालकको खोजी भइरहेको छ भने मालबाहक गाडीका चालक बिर्तामोड नगरपालिका–६ का ३९ वर्षीय जाकिर हुसेनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । रासस