• १ माघ २०८२, बिहिबार

माघे मेला भर्न गएकाे जिप दुर्घटना हुँदा दुईको मृत्यु

blog

लीलाराज खड्का 

बिर्तामोड, माघ १ गते । झापाको पवित्र कनकाई माईबेनी मेला भर्न जाँदै गरेको जीप र अर्को यात्रुवाहक बस एक आपसमा ठोक्किँदा झापा कनकाई नगरपालिकामा दुई जनाको मृत्यु भएको छ। 

झापा कनकाई नगरपालिका-३, नयाँ बस्तीमा बिहीवार साढे ९ बजेको समयमा बिर्तामोडबाट पश्चिमतर्फ कनकाई माईबेनी मेला भर्न जाँदै गरेको मे. १ च. ४५१५ नम्बरको पिकअप र अर्को विपरित दिशातर्फ जाँदै गरेको ना. ५ ख. २१४९ नम्बरको यात्रुवाहक बस एक आपसमा ठोक्किँदा पिकअपमा रहेका भद्रपुर नगरपालिका ८ बस्ने वर्ष ४० की सुस्मा राजवंशी र उनको छोरा डेढ वर्षीया छोरा आरुती राजवंशीको निधन भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता डिएसपी खगेन्द्रबहादुर खड्काले जानकारी दिनु भयो । 

यसैगरि सोहि दुर्घटनामा परी थप ११ जना घाइते बनेका छन् । घाइतेमध्ये केहीको अवस्था गम्भिर रहेको प्रहरीले बताइएको छ । दुर्घटनामा परि मृतकका ४० वर्षीया श्रीमान् आफुद राजवंशी समेत सख्त घाइते भएका छन् । उहाँको टाउको र शरीरमा चोट लागेको प्रहरीले जनाएको छ । 

यसैगरि मृतककै छोरा १५ वर्षीय आशिस राजवंशी समेत घाइते बनेका छन् । अन्य घाइतेहरूमा झापा मेचीनगर नगरपालिका १५ निवासी ६५ वर्षीया फूलमनि मुर्मु, ४२ वर्षीया जमुना राजवंशी, ११ वर्षीय अनिस  राजवंशी, झापा भद्रपुर नगरपालिका ४ निवासी ४० वर्षीया पुस्पलाल राजवंशी, भद्रपुर नगरपालिका ९ निवासी ४० वर्षीया टेमुना राजवंशी, शिवसताक्षी नगरपालिका १० निवासी २९ वर्षीया अन्जली राई, बिर्तामोड नगरपालिका ३ निवासी २४ वर्षीया अभिषेक राजवंशी, मेचीनगर नगरपालिका १५ निवासी १५ वर्षीया कृतिका राजवंशी, भद्रपुर नगरपालिका ४ निवासी ४५ वर्षीया पाथल राजवंशी घाइते हुनु भएको हो । घाइतेहरुको बिर्तामोडस्थित बि एन्ड सी र बिर्तासिटी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घाइतेहरू सबै पूर्वको पवित्र माईबेनी मेला भर्न जाँदै गरेका तीर्थयात्रीहरू रहेको बताइएको छ । 

यता कनकाई नगरपालिका-४, कनकाई माईपुलमा पहिचान नखुलेको एक सेतो रङ्गको कारले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक कनकाई नगरपालिका-४ निवासी ३५ वर्षीया कमल पराजुलीको मृत्यु भएको छ । बा ए बी २१२६ नम्बरको मोटरसाइकलमा पश्चिमबाट पुर्वतर्फ जाँदै गरेको मोटरसाइकललाई नम्बर नखुलेको सेतो रङ्गको कारले ठक्करदिदा टाउकोमा गम्भिर चोट लागि उपचारका लागि बिर्तामोडमा लैजाँदा चिकित्सकले बुधबार राति ९ः २० बजे मृतक घोषणा गरेको प्रहरीले जनाएको छ । यता ठक्कर दिने कारको खोजी भइरहेको प्रहरीले जनाएको छ।