भारतले शुक्रबार सोभियत युगको मिग-२१ लडाकू जेटलाई आधिकारिक रूपमा अवकाश दिएको छ ।
चिकित्सक दर्ता प्रमाणपत्र (लाइसेन्स) परीक्षामा ३९ प्रतिशत मात्रै उत्तीर्ण भएका छन् ।
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै सम्पत्ति छानबिन आयोग गठन गर्ने र सबै नेताको सम्पत्ति सार्वजनिक गर्ने घोषणा गर्नुभएको छ ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलसँग गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) का अध्यक्ष डा बद्री केसी नेतृत्वको प्रतिनिधिमण्डलले भेटवार्ता गरेको छ ।
प्रसिद्ध धार्मिक स्थल सल्यानको खैरावाङ भगवती मन्दिरसम्म पुग्नका लागि भक्तजनहरुलाई लक्षित गर्दै न्यून भाडा दरमा नगर बस सञ्चालन गरिएको छ ।
नेपाल सरकारले यही भदौ २३ र २४ को जेनजी प्रदर्शनका क्रममा मृत्यु भई पहिचान खुलेका मृतक नेपाली नागरिकका परिवारलाई १० लाखका दरले आर्थिक सहायता दिने निर्णय गरेको छ।
दशैंलक्षित गरेर लमजुङको मर्स्याङ्दी गाउँपालिकामा शुक्रबारदेखि कृषि तथा पशु हाटबजार सुरु भएको छ । गाउँमा उत्पादित कृषिउपजको गाउँ–ठाउँमै बिक्री र उपभोगका लागि गाउँपालिकाले कृषि तथा पशु हाटबजार सञ्चालन गरेको हो ।
मुलुकका अधिकांश मुख्य राजमार्गको पहिरो पन्छाएर सुधारको काम भइसकेकाले अब यात्रुहरूले सास्ती भोग्न नपर्ने विभागले जनाएको छ । पृथ्वी, अरनिकोलगायत मुख्य राजमार्ग पहिरोका कारण यात्रुहरूले सास्ती भोग्नुपरेको थियो ।
प्रधानमन्त्री सुशीला कार्कीको नाममा कुनै पनि सामाजिक सञ्जाल नरहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सूचनाको हकको प्रभावकारी कार्यान्वयनका लागि मन्त्रालयले काम गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।
मन्त्रालयका सहसचिव एवं प्रवक्ता डा.प्रकाश बुढाथोकीले विज्ञप्ति जारी गर्दै दशै तिहारको बिदामा अस्पतालको सेवा सञ्चालन गर्न निर्देशन दिनुभएको हो ।
प्रधान सेनापति ट्रफी–२०८२ खेलकुद प्रतियोगिता शुक्रबार सम्पन्न भएको छ ।
साविक विजेता बार्सिलोनाले स्पेनिस ला लिगामा रियल ओभिडोमाथि सहज जित निकालेको छ ।
अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले भारतसँगको मैत्रीपूर्ण खेलका लागि ३५ जना महिला खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार टिकटकको अमेरिकी संस्करणका लागि नयाँ सम्झौतामा हस्ताक्षर गर्नु भएको छ ।