राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सभापति रवि लामिछानेलाई प्रहरीले गरेको पक्राउबारे छानबिन गर्न माग गर्दै राष्ट्रिय मानव अधिकार आयोगमा निवेदन दर्ता गरेको छ ।
सिँचाइलाई सहज बनाउन सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिकाले किसानको खेतमा बिना मिटर बिजुली पुर्याउने व्यवस्था गरेको छ ।
व्यापक अमेरिकी भन्सार शुल्कले विश्वको धेरै भाग विनाशकारी व्यापार युद्धको बिचमा फसेको भन्दै आसियानका प्रमुखले बुधबार क्षेत्रीय आर्थिक एकीकरणलाई गति दिन आसियानले ‘दृढतापूर्वक कार्य’ गर्नुपर्ने बताउनुभएको छ ।
। सुनसरी क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले मुलुक बनाउन सबै मिलेर अगाडि बढ्नुपर्ने बताउनु भएको छ । वराहक्षेत्र नगर अस्पतालबाट सञ्चालनमा ल्याइएको आँखा उपचार कक्षको उद्घाटन गर्न बराहक्षेत्र आइपुग्नु भएका नेपाली कांग्रेसका नेता तथा प्रतिनिधिसभा सदस्य कार्कीले सो कुरा बताउनुभएको हो ।
मङ्गलसेन नगरपालिकाका प्रमुख पदमबहादुर बोहराले जयगढका अग्निपीडितलाई एक महिनाको सेवासुविधा प्रदान गर्ने घोषणा गर्नुभएको छ ।
नेपाल यु–१९ र अफगानिस्तानको यु–१९ क्रिकेट टिमको खेल वर्षाले अवरुद्ध भएको छ। तीन खेलको एक दिवसीय शृङ्खलाअन्तर्गतको अन्तिम खेल वर्षाले अवरुद्ध भएको हो। बुधबार मुलपानी क्रिकेट मैदानमा सुरुमा ब्याटिङ गरेको नेपालले दिएको १९२ रनको लक्ष्य पछ्याइरहेको अफगानिस्तानले २०.१ ओभरमा ब्याटिङ गर्दै गर्दा पानी परेको हो।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दर्जनौँ अर्थतन्त्रमाथि दण्डात्मक भन्सार दर बुधबार लागु भएको छ । यसमा चिनियाँ सामानहरूमा १०० प्रतिशतभन्दा बढी कर समावेश छ र यसले विनाशकारी विश्वव्यापी व्यापार युद्धलाई नाटकीय रूपमा बढाएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले अर्घाखाँचीलाई ध्यान, ज्ञान र देवभूमिको रूपमा परिभाषित गर्दै यही भूमि विश्वव्यापी ज्ञानको सुरुवात गर्ने ठाउँ भएको बताउनुभएको छ ।
मेयर कपको पुरुष फुटबल प्रतियोगिताको उपाधि वडा नम्बर ३ ले जितेकाे छ ।
जिल्लाको ताराखोला गाउँपालिका वडा नम्बर ३ का वडाध्यक्ष मृत भेटिनुभएको छ । सो वडाको काँक्राखोर बस्ने ५० वर्षीय कर्णबहादुर भण्डारी मृत अवस्थामा भेटिनुभएको हो ।
पटक पटक बालबन्दीहरूबिच विवाद, कुटाकुट र झडप हुँदा अस्तव्यस्त र अशान्त बन्दै आएको बाँकेको डुडुवामा रहेको जयन्दु बाल सुधारगृहको सुधारका लागि जिल्ला प्रशासन कार्यालय बाँकेले पहल सुरु गरेको छ ।
बागलुङमा पछिल्लो समय नसर्ने रोग लागेका बिरामीको सङ्ख्या बढेको पाइएको छ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले ऊर्जा क्षेत्रको विकासले मुलुक समृद्ध बन्ने बताउनुभएको छ । बुधबार सान्जेन खोला हाइड्रोपावर परियोजनाको शुभारम्भ गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।
प्रत्येक वर्ष आगलागीको चपेटामा पर्दै आएको सप्तरीलाई यस वर्ष पनि आगलागीले पिरोलेको छ । यस आर्थिक वर्षको नौ महिनामै आगलागीका कारण ठुलो क्षति भएको तथ्याङ्कले देखाउँछ ।
नवलपरासी पूर्व (नवलपुरको) बौदीकाली गाउँपालिका-५ बबकको अर्खलाथरमा पहिलो पटक राष्ट्रिय प्रसारण लाइनको विद्युत् पुगेपछि स्थानीय निकै हर्षित भएका छन् ।