• २ माघ २०८२, शुक्रबार

सांस्कृतिक कार्यक्रमसहित मनाइयो माघेसङ्‍क्रान्ति

blog

सांस्कृतिक -यालीमा सहभागी हुँदै थारू बालबालिका । तस्बिर : सागर बस्नेत

गोरखापत्र समाचारदाता

काठमाडौँ, माघ २  गते  । मगर समुदाय र थारू समुदायले बिहीवार राजधानीमा विविध सांस्कृतिक कार्यक्रमसहित माघेसङ्‍क्रान्ति र माघीपर्व मनाएका छन् । सङ्‍क्रान्तिका दिन देशभर हरेक जाति समुदायले घर घरमा चाकु, तरुललगायत विविध परिकार खाएर उक्त पर्व मनाएका हुन् । 

सो अवसरमा नेपाल मगर सङ्घ केन्द्रीय समितिको आयोजना र विभिन्न सङ्घ संस्थासँगको सहकार्यमा मगर समुदायले भृकुटीमण्डपबाट टुँडिखेलसम्म सांस्कृतिक -याली निकाले । सो समुदायले अभ्यास गर्दै आएका जीवनशैलीसँग जोडिएका विविध वस्तुको विशेष प्रदर्शनसहित नृत्यसमेत प्रस्तुत गरेका थिए । झाँकीमा सहभागीले घुमाउने घर, डोको, पेरुङ्गो, खुर्पेटो, धनुषवाणलगायत वस्तुसहित घाटु नृत्य, पन्चैबाजासमेतको प्रस्तुत गरेका थिए । सो ¥याली टुँडिखेलमा पुगेर सभामा परिणत भएको थियो । माघेसङ्‍क्रान्ति विशेषतः मगर समुदायमा आफ्ना छोरीलाई सम्झने पुज्ने पर्वका रूपमा मनाइन्छ । 

उद्यमी प्रतिमाया पुनमगरका अनुसार यस पर्वका अवसरमा मगर समुदायले आफ्ना कुलदेवताको पूजा प्रार्थना गरी छोरीचेली, दिदीबहिनीलाई टीका लगाइदिएर दान दक्षिणासहित उपहार दिने परम्परा छ । त्यसै गरी पर्वको खुसियालीमा विवाह गरी गएका छोरीचेली र अन्य आफन्तलाई समेत घरमा निमन्त्रणा गरी तरुल, फलफूल, सेल, तरकारीलगायतका परिकार खुवाई उपहार, दक्षिणासमेत दिएर मनाउने गरिएको बताउनुभयो । 

माघीपर्वका अवसरमा थारू समुदायले पनि टुँडिखेलमा मघौटा सांस्कृतिक प्रस्तुतीसहित आफ्नो परम्परा, कलाको प्रदर्शन गरेका छन् । थारू कल्याणकारिणी सभाको नेतृत्वमा आयोजित माघी महोत्सवमा थारू समुदायले आफ्नो वेशभूषासहित कला नृत्यको प्रस्तुति दिएको थियो । सांस्कृतिक -याली र प्रस्तुतिका संयोजक नन्दलाल चौधरीले थारू समुदायले आआफ्नो घरमा मनाउने माघीपर्व कामविशेषले राजधानीलगायतका सहरमा बसोबास गरेका थारू समुदायले टुँडिखेलमा भेला भएर सामूहिक रूपमा मनाएको जानकारी दिनुभयो ।