नेपालस्थित अमेरिकी दूतावासले ‘क्रिएटर्स मेला २०२६: भिजन टु भेन्चर’ को सुरुवातसँगै नेपालको रचनात्मक अर्थतन्त्रको वृद्धिलाई तीव्रता दिने विश्वास गरिएको छ ।
गुल्मीमा निर्वाचन प्रहरीको पहिलो भर्ना अवधीभित्र बाह्र सय ५९ जनाको आवेदन दर्ता भएको छ । आगामी प्रतिनिधिसभा निर्वाचनका लागि एक हजार ८७४ निर्वाचन प्रहरी भर्ना आव्हान गरिएको छ । जिल्ला प्रहरी कार्यालय, गुल्मी र सशस्त्र प्रहरी वल, नेपाल नं ३७ गुल्मीमार्फत दरखास्त माग गरिएको छ ।
नेकपा (माओवादी) र जेनजी पुस्ताका अगुवा मिराज ढुंगाना समूहबीच सर्वपक्षीय सरकार गठन गर्न संघर्ष गर्ने सहमति भएको छ ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल र बागमती प्रदेशका सांसद रामेश्वर श्रेष्ठबिच भेटवार्ता भएको छ ।
महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पतालले आजदेखि स्वास्थ्य बिमा कार्यक्रममार्फत उपचार सेवा बन्द गरेको छ।
माघे सङ्क्रान्तीको दिन धादिङमा एक सय हल गोरु जुधाइएको छ। कृषि कर्मका लागि पालिएका गोरुलाई माघे सङ्क्रान्तिको दिन जुधाउने सांस्कृतिक परम्पराअनुसार जुधाइएको हो।
पाँचथरको सदरमुकाम फिदिममा पहिलो पटक ‘रैथाने खाना महोत्सव’ सुरु भएको छ । नेपाल मगर संघ जिल्ला समिति पाँचथरले माघे संक्रान्तीको अवसर पारेर खाना महोत्सव आयोजना गरेको हो ।
बाँकेको नरैनापुर गाउँपालिकाले पालिका भित्रका १२८ भूमिहीन दलित परिवारलाई चिसोबाट जोगाउन न्यानो कपडा वितरण गरेको छ।
प्रधानमन्त्री सुशीला कार्कीले मुलुकको विशिष्ट परिस्थितिमा अझ बढी एकता, सहकार्य र आपसी विश्वासको खाँचो रहेको बताउनुभएको छ।
दाङको देउखुरीमा बसले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ।
मगर समुदायको बाहुल्यता रहेको जिल्ला पाल्पामा मगर समुदायले माघेसङ्क्रान्ति पर्व विभिन्न कार्यक्रम सहित मनाइएको छ। बिहीबार रामपुर नगरपालिका–२, बादरकुनामा मगर खाना महोत्सव सहित माघेसङ्क्रान्ति पर्व मनाइएको छ।
अङ्ग्रेजी नयाँ वर्ष २०२६ को अवसरमा सिद्धार्थ कटेज नेपालगन्जले चौथोपटक मःमः फेस्टिभल आयोजना गर्ने भएको छ ।
धनकुटाको चौबिसे गाउँपालिकामा सम्पन्न तेस्रो त्रिवेणी कप पुरुष भलिवल प्रतियोगिताको उपाधि आयोजकले जितेको छ।
सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–९ सोनयाहीमा आज ट्रक दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ ।
प्रधानमन्त्री सुशीला कार्कीले थारू समुदायको मौलिक संस्कृति, भाषा र पहिचानको संरक्षण तथा प्रवर्धनमा सरकार सदैव प्रतिवद्ध रहेको बताउनुभएको छ ।