• १ माघ २०८२, बिहिबार

सञ्चारमन्त्री खरेल र बागमती प्रदेश सांसद श्रेष्ठबिच भेटवार्ता

blog

भेटवार्ता गर्नुहुँदै सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल र बागमती प्रदेशका सांसद रामेश्वर श्रेष्ठ।

काठमाडौँ, माघ १ गते। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल र बागमती प्रदेशका सांसद रामेश्वर श्रेष्ठबिच भेटवार्ता भएको छ ।

ललितपुरको महालक्ष्मी नगरपालिका टिकाथलीस्थित निवासमा भएको भेटमा आगामी निर्वाचन र विकास निर्माणलगायत समसामयिक विषयमा कुराकानी भएको सञ्चारमन्त्री खरेलले जानकारी दिनुभयो ।

सङ्घ प्रदेश र स्थानीय तहको बलियो समन्वय र सहकार्यलगायत विषयमा पनि उहाँहरुबीच छलफल भएको छ।विकास निर्माणको कामलाई प्रभावनकारी बनाउदै जनताको आकांक्षालाई पुरा गर्न लागिपर्ने समझदारी बनेको छ ।

सञ्चारमन्त्री खरेलले पछिल्लो समय निर्वाचनको वातावरण बनाउनका लागि ठूला राजनीतिक दलका शीर्ष नेतासँग एकपक्षीय र बहुपक्षीय भेटवार्ता गर्नुभएको थियो। उहाँले प्रदेशका मुख्यमन्त्रीदेखि विभिन्न मन्त्रीहरुसँग पनि चरणवद्ध भेटवार्ता र विकास निर्माणलगायत समसामयिक विषयमा छलफल गरिरहनुभएको छ।

फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनलाई सफल बनाउन सरकारकोतर्फबाट सबैखाले तयारी भएको छ।राजनीतिक दलहरुले पनि निर्वाचनको तयारी र निर्वाचनसम्बन्धी गतिविधिलाई तीब्रता दिएका छन्।