• १ माघ २०८२, बिहिबार

बसको ठक्करबाट एक जनाको मृत्यु : चार जना घाइते

blog

मोटरसाइकललाई ठक्कर दिएपछि सडकबाट झाँडीमा पुगेको बस ।

लीलाधर वली

घोराही, माघ १ गते। दाङको देउखुरीमा बसले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ। 

दुर्घटनामा मोटरसाइकल चालककको मृत्यु भएको छ। मृत्यु हुने लमही नगरपालिका–५ कोलही निवासी २२ वर्षीय विशाल चौधरी रहेको जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी एवं प्रहरी नायव परिक्षक चक्रबहादुर शाहले जानकारी दिनुभएको छ। 

सूचना अधिकारी शाहका अनुसार लमहीबाट रिहार जाँदै गरेको लु २ ख १०९८ नम्बर बसले रिहारदेखि लमहीतर्फ आइरहेको लु ३९ प ८९६१ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो। 

बसमा सवार रहेका राप्ती गाउँपालिका–४ निवासी मिना ठकुरी, शिला परियार र मोटरसाइकल सवार लमही नगरपालिका–५ कोलही निवासी अशोक चौधरी र बस धनी सुशील वली घाइते हुनुभएको छ। प्रहरीका अनुसार घाइतेको लमही अस्पतालमा उपचार भइरहेको छ। बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।


मोटरसाइकललाई ठक्कर दिएर दुर्घटनामा परेको बस।