स्याङ्जामा आगामी प्रतिनिधिसभाको निर्वाचनका लागि आह्वान भएको निर्वाचन प्रहरीको भर्ना म्याद दुई दिन थप गरिएको छ ।
गण्डकी प्रदेश सरकारको चालु आर्थिक वर्ष २०८२/८३ को खर्चको अवस्था निराशाजनक देखिएको छ । आर्थिक वर्षको छ महिनामा सरकारले १६ प्रतिशत मात्र बजेट खर्च गरेको छ ।
हाल देशमा उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४४ रुपियाँ १८ पैसा र बिक्रीदर १४४ रुपियाँ ७८ पैसा तोकिएको छ ।
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । निगमले बिहीबार १२ बजेदेखि लागू हुनेगरी पेट्रोलको मूल्य प्रतिलिटर तीन रुपियाँले घटेको छ ।
आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मतदान केन्द्रमा खटिइ जाने मतदान अधिकृतको काम, कर्तव्य के–कस्ता हुन्छन् भन्ने आममानिसमा चासो स्वाभाविक नै हुने गरेको छ ।
आज (शुक्रबार) राष्ट्रिय भूकम्प २७औँ सुरक्षा दिवस दिवस हो । विसं १९९० माघ २ गतेको महाभूकम्पको सम्झनामा २०५५ सालदेखि यो दिवस मनाउन प्रारम्भ भएको हो । यो दिवस मनाउनुको उद्देश्य भूकम्पबारे चेतना फैलाउनु र तयारी बढाउनु हो ।
गुल्मीमा एक शिक्षकले शिक्षण पेसासँगै कृषिकर्मबाट लोभलाग्दो आम्दानी गर्नुभएको छ । कालीगण्डकी गाउँपालिका–२, अर्बेनीका ३८ वर्षीय लक्ष्मीपति न्यौपानेले कालीगण्डकी–
आत्मबल र आत्मविश्वास भए संसारमा सबै कुरा सम्भव छ भन्ने कुरो रोल्पाका हरि बुढामगरले साबित गरिदिनुभएको छ । घुँडामाथिसम्म दुवै खुट्टा गुमाउनुभएका पूर्वगोरखा सैनिक ४६ वर्षीय बुढामगरले कृत्रिम खुट्टा (प्रोस्थेटिक) को सहयोगमा विश्वका सात वटै महाद्वीपका अग्ला हिमाल आरोहण गरेर बिहीबार स्वदेश फर्किनुभएको छ ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले माघे संक्रान्तिको अवसरमा दाङको पवित्र धार्मिक तीर्थस्थल बाह्रकुने दहको अवलोकन गर्दै बराह मन्दिरमा पूजा अर्चना गर्नुभएको छ । वराह क्षेत्र संरक्षण तथा सम्वर्द्धन धार्मिक समितिले पुस २९, ३० र माघ १ गतेसम्मका लागि माघे संक्रान्ति बाह्रकुने दह मेला २०८२ आयोजना गरेको छ ।
लमजुङको मस्र्याङ्दी गाउँपालिका –४ च्याम्चेको तारेभीरलाई ‘रक क्लाइम्बिङ’ को प्रमुख गन्तव्य बनाइने भएको छ ।
थारु समुदायमा माघ (माघी) पर्वको दोस्रो दिन आज विहानै नदीनालामा स्नान गरेर आफ्ना पुर्खाहरुको आशीर्वाद ग्रहण गरिएको छ ।
नेपालस्थित अमेरिकी दूतावासले ‘क्रिएटर्स मेला २०२६: भिजन टु भेन्चर’ को सुरुवातसँगै नेपालको रचनात्मक अर्थतन्त्रको वृद्धिलाई तीव्रता दिने विश्वास गरिएको छ ।
गुल्मीमा निर्वाचन प्रहरीको पहिलो भर्ना अवधीभित्र बाह्र सय ५९ जनाको आवेदन दर्ता भएको छ । आगामी प्रतिनिधिसभा निर्वाचनका लागि एक हजार ८७४ निर्वाचन प्रहरी भर्ना आव्हान गरिएको छ । जिल्ला प्रहरी कार्यालय, गुल्मी र सशस्त्र प्रहरी वल, नेपाल नं ३७ गुल्मीमार्फत दरखास्त माग गरिएको छ ।
नेकपा (माओवादी) र जेनजी पुस्ताका अगुवा मिराज ढुंगाना समूहबीच सर्वपक्षीय सरकार गठन गर्न संघर्ष गर्ने सहमति भएको छ ।