२०८२ भदौ २३ र २४ गते जेनजी युवाहरूको अगुवाइमा भएको आन्दोलन र त्यसपछिको माग सम्बोधन गर्न मेरो नेतृत्वमा मन्त्रीमण्डल गठन गर्न आह्वान गरिए अनुसार यही भदौ २७ गते अन्तरिम सरकार ग
जेनजी आन्दोलनले सिर्जना गरेको सत्तापलटसँगै नेपालको राजनीतिमा नयाँ नयाँ अवधारणा र अनुमान प्रकट हुन थालेका छन् । समाजमा फरक प्रकारको मनोविज्ञान देखा पर्न थालेको छ । एकातिर आशाका
सिन्धुलीको गोलन्जोर गाँउपालिका–७ स्थित खुर्कोटलाई नयाँ सहर बनाउने कार्य सुस्त गतिमा अघि बढेको छ । राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गले छोएका देशका १२ स्थानलाई नयाँ सहरको रुपमा विकास गर्ने सरकारी योजनाअन्तर्गत खुर्कोटलाई नयाँ सहर बनाउने कार्य २०७० सालबाट सुरु गरिएको थियो ।
जिल्ला प्रशासन कार्यालय गुल्मीले सभ्य र मर्यादित ढङ्गबाट चाडपर्व मनाउन आग्रह गरेको छ । बडादसैँ, शुभ दिपावली, छठ लगायतका चाडपर्वको शुभकामना सन्देश जारी गर्नुहुँदै प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद कोइरालाले चाडपर्वलाई सार्वजनिक स्थलमा भीडभाड, हो–हल्ला र हुलदङ्गा नगरी सभ्य र मर्यादित ढङ्गबाट चाडपर्व मनाउन आग्रह गर्नुभयो ।
विराटनगरका उद्योगी देवकीनन्दन अग्रवालले सामाजिक सञ्जाल फेसबुकमा लेख्नुभएको एउटा स्टाटस ‘भन्सारमा घुँडे बिल आजदेखि खारिज’ ले निक्कै चर्चा पायो । यसको कारण थियो भन्सार विन्दुमा
नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपियाँ ५७ पैसा र बिक्रीदर १४२ रुपियाँ १७ पैसा निर्धारण गरिएको छ ।
हाल देशभर मनसुनी वायुको प्रभाव कमजोर भएको छ भने स्थानीय वायुको आंशिक प्रभाव परेको छ । साथै देशका अधिकांश भागको मौसम सफा रहने छ ।
निर्वाचन आयोगले मतदाता नामावली सङ्कलन सुरु गरेको छ । सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले मतदाता नामावली ऐनलाई संशोधन गर्न बनेको अध्यादेश जारी गरेको भोलिपल्टै
नारायणगढ–मुग्लिन सडक खण्डअन्तर्गत तुइन खोलामा खसेको पहिरो पन्छाएसँगै सडक सञ्चालनमा आएको छ । मङ्गलबार खसेको पहिरो राति पन्छाएसँगै दुईतर्फीरूपमा सडक सञ्ञ्चानमा आएको हो ।
तुइनखोलाको पहिरो हटाइएको छ । चितवनको मुग्लिन नारायणगढ सडक खण्डको तुइनखोलामा आएको पहिरो हटाउने काम सम्पन्न भएपछि आजै रातिदेखि यातायात सुचारु गर्ने तयारी गरिएको छ ।
प्रधानमन्त्री सुशीला कार्कीले आज राष्ट्रका नाममा पहिलो सम्बोधन गर्दै नेपाली जनताले चाहेअनुसार शासकीय प्रणालीमा परिवर्तन र सुशासनको अपेक्षा पूर्तिसहित छ महिनाभित्र निर्वाचन गराउने आफ्नो दायित्व भएको बताउनुभएको छ।
प्रधानमन्त्री सुशीला कार्कीले भ्रष्टाचार न्यूनीकरण, सुशासन र सामाजिक न्यायका लागि वर्तमान सरकार दृढ रहेको स्पष्ट गर्नुभएको छ।
अनलाइन न्यूज पोर्टल दर्ता तथा नवीकरण अव पुरानै व्यवस्थाअनुसार सूचना तथा प्रसारण विभागबाट गर्ने व्यवस्था सरकारले गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदिश खरेलले आजको मन्त्रिपरिषद बैठकबाट सो निर्णय भएको जानकारी दिनुभयो ।
नेपालको प्रख्यात काठमाडौँ म्याराथनको १७औँ संस्करण आगामी कात्तिक १५ गते हुने भएको छ ।
जेनजी आन्दोलनपछि गठित अन्तरिम सरकारको नेतृत्व गरेपछि प्रधानमन्त्री कार्कीले पहिलो पटक राष्ट्रका नाममा सम्बोधन गर्दै यस्तो बताउनुभएको हो ।