• १ माघ २०८२, बिहिबार

माघे सङ्क्रान्ति पर्वमा गोरु जुधाइ

blog

धनकुटाको मुगामा भएको गोरु जुदाइ। तस्बिरः कविराज घिमिरे

कविराज घिमिरे 

हिले, माघ १ गते । माघे सङ्क्रान्तिको अवसरमा धनकुटाको मुगामा गोरु जुधाइ प्रतियोगिता आयोजना गरिएको छ ।

प्रगतिसिल सेवा समाजको आयोजनामा धनकुटाको पाख्रीवास नगरपालिका–७ मुगामा हरेक वर्ष माघे संक्रान्तिमा साँढे जुधाइ प्रतियोगिता आयोजना हुँदै आएको छ। विगत वर्षमा जस्तै माघ १ गते मुगाको गजे गैरीमा साँढे जुधाइ प्रतियोगिता आयोजना गरिएको हो । 

प्रतिगोगितामा सहभागी गराउन जिल्लाका विभिन्न स्थान बाट ९ हल गोरु गजे गौरी पुर्‍याइएको छ। त्यस्तै पन्जा लडाइँ प्रतियोगिता समेत आयोजना गरिएको छ । गोरु जुधाइ प्रतियोगिताको पहिलो पुरस्कार ३० हजार रुपियाँ राखिएको छ।


गोरु जुधाइलाई स्थानीय संस्कृति, पहिचान र पर्यटन प्रवर्द्धनसँग जोडेर हेरिएको आयोजक गोपाल बराइलीले जानकारी दिनु भयो। त्यस्तै माघे सङ्क्रान्तिको अवसरमा धनकुटा हिलेमा बृहत् सांस्कृति कार्यक्रम समेत आयोजना गरिएको हो । जिल्ला मगर सघको आयोजनामा बर्सेनी हिलेमा सांस्कृतिक कार्यक्रम हुँदै आएको छ ।