राष्ट्रिय राजमार्गको वैकल्पिक सडकका रूपमा सरकारले राष्ट्रिय गौरवको योजना बनाएर निर्माण सुरु गरेको मदन भण्डारी राजमार्गको मोरङ खण्ड अन्तर्गत केराबारी गाउँपालिकाको भलुवा क्षेत्रमा पर्ने घर हटाउन सहमति जुटेको छ । एकपछि अर्को समस्या खेपिरहेको यो आयोजना कतै राष्ट्रिय वनका रुख हटाउन नसकेर, कतै सडक किनार
जाजरकोटमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । बुधबार राति ११ बजे छेडागाड नगरपालिका–५ ,रातिपोरी भिर नजिकै भित्रि सडक खण्डमा मनघाटबाट खारा बजारतर्फ जाँदै गरेको भे १ द ६५ नम्बरको खाली ट्याक्टर दुर्घटना भएको हो ।
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि गोरखा जिल्लामा रहेका केही मतदान स्थल अझै पनि सडक सञ्जालको पहुँचबाहिर छन् । जिल्ला निर्वाचन कार्यालय गोरखाका अनुसार जिल्लाभर तोकिएका २२५ मतदान स्थलमध्ये २३ वटा हिमालपारिको चुमनुब्री गाउँपालिकाभित्र छन् भने एउटा धार्चे गाउँपालिकामा पर्दछ ।
गुल्मीका प्राय सडकहरु कालोपत्रे भए पनि भाडादर भने पुरानै हुँदा यात्रुहरू मर्कामा पर्दै आएका छन् । जिल्ला भित्र पर्ने राष्ट्रिय राजमार्ग मदन भण्डारी राजमार्ग र राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोर सडक स्तरउन्नतीसँगै कालोपत्रे भए पनि भाडादरमा भने परिवर्तन हुन सकेको छैन ।
चलचित्र ‘हन्टर’ को छायाङ्कन सकिएको छ । एक्सन ड्रामा जानराको चलचित्र ‘हन्टर’ को छायाङ्कन ४५ दिनमा सकिएको हो । चलचित्र पश्चिम नेपालका विभिन्न स्थानमा छायाङ्कन गरिएको निर्माण पक्षले जनाएको छ । चलचित्रलाई जीवन सिंहले निर्देशन गर्नुभएको छ । क्याच कक इन्टरटेनमेन्ट प्रालिको प्रस्तुतिमा निर्माण भएको चलचित्रको लेखक र सम्पादक पनि निर्देशक स्वयम् हुनुहुन्छ ।
एकदशक अगाडि उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका–१, छोसेरको चरन क्षेत्रमा हिमपात हुदाँलोमान्थाङ गाउँपालिका–१,छोसेरका च्याङ्ग्रापालक कृषक आङ्ग्याल गुरूङले गोठ बस्तीमा सार्ने गर्नुहुन्थ्यो ।
मधेश प्रदेशका सभामुख रामआशिष यादवले मधेशको समृद्धिका लागि किसानलाई सम्मान र कृषिसँग जोडिएको व्यवसायलाई संरक्षण गर्नुपर्ने आवश्यकता आँैल्याउनुभएको छ
खरले छाएको छानो । कमेरो र रातो माटोले पोतेको भित्ता । पालीले बनाएको आकर्षक घर । कालो काठको दैलो । पिँढीमा ढिकी र जाँतो राखिएको । यी र यस्तै कलाले भरिएको परम्परा झल्काउने घरहरूको एउटा गाउँ निर्माण गरिएको छ ।
प्रधानमन्त्री सुशीला कार्कीले माघी, मकर सङ्क्रान्ति पर्वले सबैलाई एकताबद्ध भई शान्ति, स्थायित्व र समृद्धितर्फ अघि बढ्न प्रेरणा प्रदान गरोस् भन्ने शुभकामना व्यक्त गर्नुभएको छ ।
सुनसरीमा ट्रक दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । विराटनगरबाट राजविराजतर्फ जाँदै गरेको को. १ ख. ४५४१ नम्बरको ट्रक सुनसरीको भोक्रहा नरसिंह गाउँपालिका–८ उल्टी फुल चौक सडक खण्ड छेउमा दुर्घटना भएको हो ।
पश्चिम नवलपरासीका विभिन्न स्थानमा माघी (मकर सङ्क्रान्ति) को अवसर पारेर खिचडी महोत्सव आयोजना गरिएको छ । विशेषगरी सरावलको मनरी र पाल्हिनन्दनको गोपालपुरमा यतिबेला खिचडी महोत्सव र मेलाको विशेष रौनक छाएको छ ।
बाँके र बर्दियाका थारू बाहुल्य गाउँबस्तीहरु यति बेला जताततै माघीमय भएका छन् । थारू समुदायले आफ्नो मुख्य पर्व माघी बिहीबार हर्षोल्लसाका साथ मनाउँदै छन् ।
नागरिक लगानी कोषले सेयरधनीलाई पाँच प्रतिशत बोनस सेयर र आठ प्रतिशत नगद लाभांश गरी १३ प्रतिशत लाभांश दिनेभएको छ । कोषको बुधबार सम्पन्न ३१ औँ वार्षिक साधारण सभाले आर्थिक वर्ष २०८१/८२ को आम्दानीबाट उक्त लाभांश दिने प्रस्ताव पारित गरेको हो ।
राष्ट्रिय सुन्तला जात अनुसन्धान कार्यक्रम पारीपात्ले धनकुटाले कृषकका लागि सुन्तला, कागती र निबुवा गरी सात ८ जातका बिरुवा सिफारिस गरेको छ ।
लायन्स क्लब अफ इन्टरनेशनलले लहान नगरपालिकाका तीन वटा सामुदायिक विद्यालयका करिब पाँच सय विपन्न बालबालिकालाई जाडो छल्न स्वीटर वितरण गरेको छ ।