शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनसमक्ष नेपाल विद्यालय कर्मचारी परिषद्ले सामुदायिक विद्यालय कर्मचारीलाई दरबन्दीमा राख्नुपर्ने लगायत माग प्रस्तुत गरेको छ।
पेरिसको अदालतले बिहीबार फ्रान्सका पूर्वराष्ट्रपति निकोलस सार्कोजीमाथि सन् २००७ को राष्ट्रपति चुनाव अभियानमा तत्कालीन लिबियाली नेता मुअम्मर गद्दाफीको सरकारबाट अवैध आर्थिक सहयोग प्राप्त गरेको आरोपसम्बन्धी फैसला सुनाउँदैछ ।
प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरमा आउनुहुने तीर्थयात्रीहरूको सहजताका लागि तयारी तीव्र बनाइएको छ । सिजन सुरु भएसँगै पाथिभरा क्षेत्र विकास समितिले तयारी तिव्र बताएको हो ।
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले बिहीबार संयुक्त राज्य अमेरिकाको भ्रमणअघि प्यालेस्टिनी राज्यलाई मान्यता दिने पश्चिमी नेताको आलोचना गर्नु भएको छ ।
नुषाका जिल्लाका १८ पालिकाको खाता सञ्चालनमा नआउँदा आर्थिक कारोबार ठप्प भएको छ । यसबाट विशेष गरेर कर्मचारी समस्यामा परेका छन् ।
उत्तर कोरियासँग करिब दुई टनसम्म अत्यधिक समृद्ध युरेनियम भएको विश्वास गरिएको दक्षिण कोरियाका एकीकरण मन्त्रीले बिहीबार बताएका छन् । दक्षिण कोरियाको रक्षा मन्त्रालयले पहिले नै उत्तर कोरियासँग ‘महत्त्वपूर्ण’ मात्रामा हतियार–ग्रेड युरेनियम रहेको बताउँदै आएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार ओभल अफिसमा पाकिस्तानका प्रधानमन्त्री शाहबाज सरिफसँग बन्द-ढोका सत्रसहित उच्च-स्तरीय द्विपक्षीय बैठक गर्ने तयारी भएको ह्वाइट हाउसले सार्वजनिक तालिकामा जनाएको छ ।
नारायणगढ–मुग्लिन सडक खण्ड अन्तर्गत तुईन खोलामा पहिरोमा फसेका यात्रुहलाई लक्षित गर्दै निःशुल्क बस सेवा थालिएको छ ।
यस हप्ताको सुरुमा कोपनहेगन विमानस्थललाई बन्द गर्न बाध्य बनाउने घटनापछि डेनमार्कभरका धेरै विमानस्थलमाथि ड्रोन देखिएको प्रहरीले बिहीबार जनाएको छ ।
भारत सरकारबाट बढी स्वायत्तताको माग गर्दै भएको प्रदर्शन हिंसात्मक बनेपछि चार जनाको मृत्यु र दर्जनौँ घाइते भएको एक दिनमै भारतीय अधिकारीले दुर्गम लद्दाख क्षेत्रका दुई मुख्य जिल्लामा सुरक्षा प्रतिबन्ध लगाएका छन् ।
जेनजी आन्दोलनका क्रममा सप्तरीमा भएको तोडफोड र आगजनीबाट ७५ करोड ४५ लाख दुई हजार ८३ रुपियाँ बराबरको क्षति भएकाे छ ।
दसैँ पर्वलाई लक्षित गरेर मुस्ताङबाट बाहिरिएका भेडाच्याङ्ग्राको अनिवार्य स्वास्थ्य परीक्षण गरिएको छ ।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले केन्द्रीय समितिको सातौं पूर्ण बैठक प्रज्ञा भवन कमलादीमा सुरू भएको छ ।
जेनजी आन्दोलनका क्रममा भएको क्षति पुन:निर्माणका लागि कपुरकोट गाउँपालिकाले दुई लाख रुपियाँ सहयोग गर्ने भएको छ।
संस्कृतमा आचार्य उत्तीर्ण गरेर बेरोजगार रहनुभएका बैतडीका आचार्य कृष्ण दमाईले नोकरी पाउनुभएको छ । उहाँलाई धनगढी उपमहानगरपालिकाले समावेशी शिक्षा सहजकर्तामा नियुक्ति गरेको छ ।