दसैँलाई लक्षित गरी नेपाल बैङ्क लिमिटेड बागलुङले खुद्रा नोट साट्न सुरु गरेको छ । सर्वसाधारणका लागि बैङ्कले सुकिला नोट साटने गरी व्यवस्था मिलाएको हो ।
नेपाल प्रज्ञा–प्रतिष्ठान साहित्य मातृभाषा विभागले झापा, मोरङ र सुनसरीमा बसोबास गर्दै आएका १० अल्पसङ्ख्यक आदिवासी समुदायका भाषाहरूलाई समेटेर ‘सिरुवा–जातिरि’ बहुभाषिक पत्रिका प्रकाशित गरेको छ ।
जेनजी आन्दोलनको क्रममा गत भदौ २४ गते कारागारबाट फरार भएका दुई कैदीलाई स्याङ्जा प्रहरीले नियन्त्रणमा लिएको छ ।
विभिन्न सरकारी कार्यालयको कामकाज सहजताका लागि सरकारले सरुवा गरेका कार्यालय प्रमुख र विभिन्न तहका कर्मचारी सरुवा भएको ठाउँमा हाजिर नभएर पुरानै ठाउँमा अड्डा जमाएर बसेको पाइएको छ ।
मुग्लिन नौबिसे सडकखण्डअन्तर्गत धादिङको बेनीघाट नजिकै बाँदरेमोडमा पहिरो खसेर अवरुद्ध भएको सडक सञ्चालनमा आएको छ ।
झापामा एक थुनुवाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय झापाको हिरासतमा रहेका थुनुवाको उपचारका क्रममा मृत्यु भएको बताइएको छ ।
दसैँ र तिहारजस्ता ठुला चाडपर्वलाई लक्षित गरेर जिल्ला प्रहरी कार्यालय बाँकेले विशेष सुरक्षा योजना तयार गरेर लागू गरेको छ ।
झापाको बिर्तामोडमा जङ्गली हात्तीको आक्रमणमा परेर एकजनाको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार बुधबार राति बिर्तामोड नगरपालिका– ७ खालवाडीमा हात्तीको आक्रमणमा परेर स्थानीय २७ वर्षीय सहि मो. मियाको मृत्यु भएको हो ।
नेपाली उद्यमीहरूको अन्तर्राष्ट्रिय सञ्जाल फेडरेशन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (फिन्ये) उत्तर अमेरिकाको उद्यमी सम्मेलन तथा वार्षिक साधारण सभा अमेरिकाको डलास, टेक्सासमा सम्पन्न भएको छ ।
सामाजिक विकास कार्यालयले सार्वजनिक बिदा र बिहान बेलुकाको समयमा पनि सेवा प्रदान गर्न सुरु गरेको छ । सेवाग्राहीहरुको चापलाई ध्यानमा राखी कार्यालयले अतिरिक्त समयमा पनि सेवा प्रदान गर्न सुरु गरेको हो ।
मधेश प्रदेश सभा सदस्यले सङ्घीयता सबलीकरण र भ्रष्टाचारविरुद्धको आन्दोलनमा ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली अर्पण गर्दै चारबुँदे सङ्कल्प प्रस्ताव पेस गरेका छन् ।
काठमाडौँ महानगरपालिकाको शहरी व्यवस्थापन विभागअन्तर्गत यातायात तथा सडक सुरक्षा स्वर्णम योजनाले ट्राफिक व्यवस्थापनलाई प्रभावकारी बनाउनका लागि अन्तर्राष्ट्रिय गुणस्तरअनुसारका ट्राफिक कोन र रिर्ट्याक्टेबल बार सडकमा राख्न सुरु गरेको छ ।
पहिरोले अवरुद्ध बनेको बागलुङ-बलेवा-कुश्मिसेरा सडक तीन महिनापछि सञ्चालनमा आएको छ । वर्षाका कारण सडक भाँसिएपछि अवरुद्ध बनेको उक्त सडक बुधबारदेखि सञ्चालनमा आएको हो ।
नेपाली कांग्रेसले जनमत पार्टीबाट मधेश प्रदेशका मुख्यमन्त्री बन्नुभएका सतीशकुमार सिंह नेतृत्वको प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै नयाँ सरकार गठनका विषयमा बुधबारदेखि
नेपाली हिन्दूहरुको महान चाड बडादसैँ सुरु भएसँगै धनकुटामा पनि चहलपहल बढ्दै गएको छ । जसले गर्दा व्यापारीहरु उत्साहित भएका छन् ।