पछिल्ला केही दिनदेखि सिद्धार्थ राजमार्ग भएर ओहोरदोहार गर्ने सवारीसाधनको सङ्ख्या बढेको छ । मुग्लिङ–नारायणगढ सडकखण्ड अस्तव्यस्त भएसँगै पश्चिम जाने यात्रु र सवारीसाधनको रोजाइमा सिद्धार्थ राजमार्ग परेको हो ।
बागलुङ नगरपालिकाले पहिरोले झन्डै तीन महिना ठप्प रहेको मालढुङ्गा–कुश्मीसेरा सडक अन्तर्गत बागलुङ नगरपालिका–१०, एक्लेसालको पहिरो पन्छाएको छ । पहिरो पन्छाएपछि सवारी चल्न थालेका छन् ।
धनकुटाका धेरै गाउँबस्ती युवाविहीन हुँदा महालक्ष्मी नगरपालिका–१ उच्च क्षेत्रका युवा भने गाउँघरमै भेटिन्छन् । उनीहरू दिनभरि खेतबारीमै व्यस्त रहन्छन् । यो क्षेत्रका स्थानीयलाई न त वैदेशिक
दसैँ सुरु भएसँगै कामका लागि भारत गएका नेपाली यहाँस्थित जमुनाह नाका भएर स्वदेश फर्किने क्रम बढेको छ । इलाका प्रहरी कार्यालय जमुनाह नाकाका अनुसार केही दिनअघिसम्म दैनिक दुईदेखि पाँच हजारको सङ्ख्यामा नेपाली यो नाका भएर स्वदेश फर्किरहेका थिए भने अहिले दैनिक १५ हजारको हाराहारीमा स्वदेश फर्किरहेका छन् ।
अक्सिजनको उत्पादन गरी सहज आपूर्ति गर्न बर्दिया अस्पतालमा स्थापना गरिएको अक्सिजन प्लान्ट एक वर्षदेखि बन्द रहेको छ । अक्सिजन प्लान्ट बन्द हुँदा अस्पतालमा आवश्यक अक्सिजन नेपालगन्जदेखि ल्याउनुपर्ने बाध्यता छ ।
वैदेशिक रोजगारीका लागि गएका १३ जनाको ठगिएको २३ लाख रकम फिर्ता गरिएको छ । विदेश पठाउने भन्दै पैसा लगेर फिर्ता नगर्ने अर्घाखाँचीका १३ जना सर्वसाधारणको २३ लाख २४ हजार ७६५ रुपियाँ फिर्ता गरिएको हो ।
झापाको विर्तामोड नगरपालिका-७ स्थित खालबाडीमा गएराति हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।
मुलुकका विभिन्न ठाउँमा परेको वर्षाका कारण आएको बाढीपहिरोका कारण प्रमुख पाँच राजमार्ग अवरुद्ध भएका छन् ।
नेपालगन्ज–कोहलपुर सडकखण्डको मर्मतसम्भारको काम अहिले फेरि सुरु गरिएको छ । जनप्रतिनिधि र स्थानीयको धर्नापछि चार महिनाअघि मर्मतसम्भार सुरु गरेको जस्तो देखाएर रोकिएको मर्मतसम्भारको कार्य अहिले फेरि यात्रु, स्थानीयवासी र जनप्रतिनिधिले पुनः दबाब दिएपछि सुरु गरिएको हो । जेनजीको आन्दोलनपछि सिर्जना भएको नयाँ अवस्थाका कारण सडक मर्मतसम्भारको कामलाई सुचारु गरिएको अनुमान गरिएको छ ।
रोजगारी तथा अध्ययनका लागि भारतलगायत विभिन्न सहर गएका मानिस दसैँ, तिहार मनाउन घर फर्किन थालेका छन् । गाउँघरमा रोजगार नभएर सहर तथा परदेश गएका र अध्ययनका लागि सहर गएकाहरू यतिखेर धमाधम घर फर्किन थालेका छन् । सहरबाट फर्केकाका कारण गाउँघरमा चहलपहल बढेको छ ।
लैङ्गिक हिंसाका कारण बाँकेका ग्रामीण क्षेत्रका मधेशी समुदायका महिला तथा कशोरीहरुमा मानसिक समस्या देखिएको छ ।
हिमाली जिल्ला मुगुमा मोबाइल नेटवर्क प्रभावकारी नहुँदा स्थानीयले सास्ती बेहोरिरहेका छन् । मुगु जिल्लाको छायानाथ रारा नगरपालिकाको १२, १३ र १४ नम्बर वडाका बस्तीका साथै मुगमकार्मारोङ गाउँपालिका र सोरु गाउँपालिकासँग जोडिएका विभिन्न बस्तीमा मोबाइल नेटवर्क नहुँदा स्थानीय उपभोक्ता सञ्चार सेवाबाट वञ्चित भएका छन् ।
कर्णाली प्रदेशका प्रदेश अस्पतालका पूर्वनिर्देशक डा. डम्बर खड्काले आफू राजनीतिक गतिविधिमा संलग्न नभए पनि जेनजी पुस्ताको आन्दोलनका क्रममा आफ्नो घरमा आगजनी गरेर ध्वस्त बनाइदिएको गुनासो गर्नुभयो ।
बाजुराका अधिकांश बालबालिकाको रोजाइमा तोली स्कुल परेको छ । त्रिवेणी नगरपालिका–४, तोलीमा तोलीदेवलडाँडा माध्यमिक विद्यालयले पछिल्लो समय यहाँको शैक्षिक अवस्थालाई निकै परिवर्तन गर्दै आएपछि विद्यार्थीको आकर्षण बढेको हो ।
भीरकोट नगरपालिकाले वडा नं –१ सिसौँघारीमा सात वर्ष पहिला सम्झौता गरेर बनाएको बसपार्क अलपत्र परेको छ ।