शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
रमेश विश्वकर्मा
गुल्मी, माघ २ गते । लुम्बिनी प्रदेश सरकारले आज प्रदेशमा सार्वजनिक बिदा दिएको छ । माघेसङ्क्रान्ती तथा थारु समुदायको माघ पर्वको अवसरमा प्रदेश सरकारले शुक्रबार सार्वजनिक बिदा दिएको हो ।
प्रदेश राजपत्रमा २०८१ चैत २१ गते सार्वजनिक सूचना अनुसार माघे सङ्क्रान्ती तथा माघ पर्वको अवसरमा लुम्बिनी प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरिएअनुसार शुक्रबार सार्वजनिक बिदा रहेको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव लोकबहादुर सुनारले जानकारी दिनुभयो ।